after_navbar

इरानलाई २२ देशको संयुक्त चेतावनी


जेठ २८, २०८३


काठमाडौ,२८जेठ । अमेरिका, बेलायत र अस्ट्रेलियासहित २२ देशले इरानलाई विदेशी भूमिमा हुने आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्।

संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।

उनीहरूले यस्ता गतिविधिले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामाथि चुनौती खडा गरेको भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) र त्यसअन्तर्गतको कुद्स फोर्सले विभिन्न देशमा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप पनि उल्लेख गरिएको छ।

यसैबीच, युरोपका केही स्थानमा भएको आगजनी घटनामा इरानसँग सम्बन्धित समूहको संलग्नता रहेको दाबी गरिएको छ। इरानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="