after_navbar

इरानका दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि शुरू


१० घण्टा अगाडि


काठमाडौ,२० असार। इरानले दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ।

सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै तेहरानस्थित ग्रान्ड मोसाल्ला प्राङ्गणमा हजारौँ नागरिक भेला भएका थिए।

श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले अमेरिकाविरुद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर प्रदर्शन गरेका थिए। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अन्त्येष्टि कार्यक्रम जुलाई ९ मा खामेनीको गृह नगर मशहदमा पुगेर समापन हुनेछ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो। उक्त आक्रमणमा उनकी श्रीमतीसहित परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने उनका छोरा मोज्तबा घाइते भएका थिए।

हाल मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेताका रूपमा स्थापित भएका छन्। खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्दै देशलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गरेका थिए र क्षेत्रीय प्रभाव विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="