विदेश

कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

फ्रान्सका विभिन्न १६ वटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन्। प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताएका छन् । भाइरसको प्रकोप बढेका … Continue reading कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ राज्यमा लकडाउन

थप पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त … Continue reading भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

थप पढ्नुहोस् »

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो

म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त … Continue reading म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो

थप पढ्नुहोस् »

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार

भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बम प्रहारको … Continue reading भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार

थप पढ्नुहोस् »

म्यानमारमा नागरिकद्वारा रातभर गस्ती

म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् । स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको … Continue reading म्यानमारमा नागरिकद्वारा रातभर गस्ती

थप पढ्नुहोस् »

म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच … Continue reading म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

थप पढ्नुहोस् »

यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

काठमाडौ। यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ … Continue reading यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

भारतमा आज ७२ औं गणतन्त्र दिवस

भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्‍याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था … Continue reading भारतमा आज ७२ औं गणतन्त्र दिवस

थप पढ्नुहोस् »

पाइप लाइनबाटै डिजल चोरी

भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी … Continue reading पाइप लाइनबाटै डिजल चोरी

थप पढ्नुहोस् »

ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको … Continue reading ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

थप पढ्नुहोस् »