शिक्षा

पाठ्यक्रम अद्यावधिकका लागि सुझाव संकलन

दाङ, २ असार । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अद्यावधिकको प्रक्रिया प्रारम्भ गरेको छ। पालिका भित्र रहेका विद्यालयहरूमा लागू गरिएको पाठ्यक्रममा देखिएका त्रुटिहरू सच्याउने, विषयवस्तुलाई व्यवस्थित तथा सरल बनाउने उद्देश्यले अद्यावधिक प्रक्रिया थालिएको हो। यसै क्रममा सोमबार सञ्चारकर्मीहरूसँग बसेर सुझाव संकलन गरिएको छ। उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम सुधारका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग … Continue reading पाठ्यक्रम अद्यावधिकका लागि सुझाव संकलन

थप पढ्नुहोस् »

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो । घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का … Continue reading घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

थप पढ्नुहोस् »

गर्मीका कारण विद्यालयहरु एकसाता अँझै बन्द

विरगञ्ज,३१ जेठ । गर्मीले जनजीवन प्रभावित बनेपछि विरगञ्जका विद्यालयहरुमा विदा थप गरिएको छ । केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै प्रभावित भएपछि विरगञ्ज महानगरपालिकाका विद्यालयहरूमा एक साता विदा थप गरिएको हो । महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र … Continue reading गर्मीका कारण विद्यालयहरु एकसाता अँझै बन्द

थप पढ्नुहोस् »

विद्यार्थीहरुसँग जेसीज संवाद

दाङ,२६ जेठ। तुलसीपुर नगर जेसीजले विद्यार्थीहरूसंग जेसीज संवाद कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर नगर जेसीजको आयोजनामा सोमबार तुलसीपुर क्षेत्रका आठ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समर्पित हुन विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो। कार्यक्रमको अध्यक्षता तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भूसालले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू पूर्ण विक्रम … Continue reading विद्यार्थीहरुसँग जेसीज संवाद

थप पढ्नुहोस् »

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको थियो। विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले शिविरबाट लाभ लिएका छन् वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले … Continue reading हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

थप पढ्नुहोस् »

पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो। तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार … Continue reading पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो … Continue reading तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

थप पढ्नुहोस् »

अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ । समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका … Continue reading अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

थप पढ्नुहोस् »

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा … Continue reading महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

थप पढ्नुहोस् »

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् । पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता … Continue reading सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

थप पढ्नुहोस् »