समाचार

२७ क्षेत्रमा रास्वपाको जीत

काठमाडौं,२३ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय जीत हासिल गरेको छ । निर्वाचनको अन्तिम परिणामअनुसार रास्वपाले चितवन–२, धनुषा–३, कास्की–३, कास्की–२, काठमाडौं–१०, काठमाडौं–५, काठमाडौं–४, काठमाडौं–६, काठमाडौं–८, काठमाडौं–३, काठमाडौं–१, काठमाडौं–९, काठमाडौं–२, काठमाडौं–७, मोरङ–४, मोरङ–६, बाँके–१, बाँके–३, रुपन्देही–४, रुपन्देही–२, स्याङ्जा–१, बारा–३, पर्सा–१, भक्तपुर–१, पर्वत–१ र कैलाली–१ लगायत क्षेत्रमा जीत निकालेको … Continue reading २७ क्षेत्रमा रास्वपाको जीत

थप पढ्नुहोस् »

बझाङमा एमालेका महर विजयी

काठमाडौँ,२३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बझाङ जिल्ला मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली का अनुसार महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का प्रकाश स्नेही रसाइली ले १६ हजार ३ … Continue reading बझाङमा एमालेका महर विजयी

थप पढ्नुहोस् »

रुकुम पूर्वबाट प्रचण्ड विजयी

रुकुम पूर्व,२२ फागुन । पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतम ले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी … Continue reading रुकुम पूर्वबाट प्रचण्ड विजयी

थप पढ्नुहोस् »

निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै

दाङ,२२ फागुन  । दाङ निर्वाचन क्षेत्र नं. ३ को हालसम्मको मतगणनाअनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  कमल सुवेदी अग्रस्थानमा रहेका छन् । हालसम्म ९ हजार ५०१ मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार सुवेदीले ४ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रुख चिन्हका दिपक गिरिले २ हजार १ सय १ मत … Continue reading निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै

थप पढ्नुहोस् »

दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा बदर मतको संख्या १ हजार नाघेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म २४ हजार ४ सय ५३ मत गणना भएको छ । त्यसमध्ये १ हजार ११ मत बदर भएका छन् भने २३ हजार ४ सय ४२ मत सदर भएको सूचना … Continue reading दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

थप पढ्नुहोस् »

रास्वपाको सुरुवाती अग्रता: झापाका पाँचै क्षेत्रमा अगाडि

काठमाडौं,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुवाती मतगणनामा अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं. ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले ५ हजार २५४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केपी शर्मा ओलीले १ हजार ५७९ मत प्राप्त गरेका … Continue reading रास्वपाको सुरुवाती अग्रता: झापाका पाँचै क्षेत्रमा अगाडि

थप पढ्नुहोस् »

दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । प्रारम्भिक ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार कमल सुवेदी फराकिलो अग्रतालाई कायम राखेका छन् । यस समाचार तयार पार्दासम्म सुवेदीले १ हजार ५४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली … Continue reading दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

थप पढ्नुहोस् »

दाङ–३ मा मतगणना सुरुः घण्टी अगाडि

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएसँगै प्राप्त प्रारम्भिक परिणाममा घण्टी चुनाव चिन्हले अग्रता लिएको छ । हालसम्म गनिएको मतअनुसार घण्टी चिन्हले ५२ मत प्राप्त गरेको छ । त्यस्तै रुख चिन्हले ३२, सूर्य चिन्हले १२, तारा चिन्हले ३ मत … Continue reading दाङ–३ मा मतगणना सुरुः घण्टी अगाडि

थप पढ्नुहोस् »

वैवाङ केन्द्र बाट गरे दीपक गिरी र कमल सुबेदीले मतदान

दाङ फागुन २१। दाङ क्षेत्र नं. ३ अन्तर्गत दंगिशरण गाउँपालिका–४ स्थित रात्री आधारभूत विद्यालय, वैवाङ मतदान केन्द्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले मतदान गरेका छन्। प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले सो मतदान केन्द्रमा मतदान गरेका छन।मतदान केन्द्रमा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले पहिलो मत खसालेका … Continue reading वैवाङ केन्द्र बाट गरे दीपक गिरी र कमल सुबेदीले मतदान

थप पढ्नुहोस् »

तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

दाङ ,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर–५ स्थित तुलसी बोर्डिङ विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू मतदान केन्द्र परिसरमा लामबद्ध भएर लाइनमा बसेका थिए । मतदान सुरु भएसँगै प्रतिनिधि र समानुपातिक दुवैतर्फ … Continue reading तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

थप पढ्नुहोस् »