समाचार

सशस्त्र प्रहरीको गोलीबाट युवकको मृत्यु: राजमार्ग अवरुद्ध र आगजनी

काठमाडौं,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्। सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला … Continue reading सशस्त्र प्रहरीको गोलीबाट युवकको मृत्यु: राजमार्ग अवरुद्ध र आगजनी

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया ,१७ पुस । नेपाल–भारत सीमावर्ती वन क्षेत्रमा भैंसी चराउन गएकी एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ। बुधबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरी भैंसी चराउने क्रममा हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उनी तीन जनासँगै भैंसी गोठालो गएकोमा हात्ती देखिएपछि दुई जनाले भागेर ज्यान जोगाएका … Continue reading हात्तीको आक्रमणबाट महिलाको मृत्यु

थप पढ्नुहोस् »

महोत्सवमा आज पल शाह,सम्झना भण्डारी र प्रकाश रेग्मी आउदै

दाङ ,१७ पुस । प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने भएको छ। पुस ४ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सवमा आज पल शाहको आगमनसँगै दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता पल शाह आज साँझ मुख्य आकर्षणका रूपमा मञ्चमा उत्रिने कार्यक्रम … Continue reading महोत्सवमा आज पल शाह,सम्झना भण्डारी र प्रकाश रेग्मी आउदै

थप पढ्नुहोस् »

भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

रोल्पा,१७ पुस । रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। खर काट्ने क्रममा भिरबाट खस्दा गम्भीर घाइते भएकी रुन्टिगढी गाउँपालिका–१ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार पुस १४ गते दिउँसो करिब १ बजे खर काट्ने क्रममा पार्वती भिरबाट लडेर घाइते भएकी … Continue reading भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

रोल्पा,१७ पुस। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। पुस १४ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाईविसौनास्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २० वर्षीय रुपेश बुढामगरको दायाँ खुट्टामा सामान्य … Continue reading मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

थप पढ्नुहोस् »

पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घट्यो: एलपी ग्यासको मुल्य यथावत

काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ। तर खाना पकाउने एलपी ग्यासको … Continue reading पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घट्यो: एलपी ग्यासको मुल्य यथावत

थप पढ्नुहोस् »

महोत्सवभित्र स्थानीय हस्तकला: सीपलाई बजारसँग जोड्ने प्रयास

दाङ,१६ पुस । बिजौरी–१९ पकर्याका ठाकुर चौधरी तुलसीपुरमा जारी महोत्सवको स्थलभित्र भेटिन्छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले स्थानीय किसानहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराएपछि हस्तकलाका सामग्री बिक्री वितरणका लागि त्यहाँ पुगेका हुन्। महोत्सवको मातृ जोनको २३ नम्बरमा उनको स्टल छ। एक सानो स्टलमा केवल सामग्री मात्र होइन, मेहनत, समय र सीपको कथा पनि … Continue reading महोत्सवभित्र स्थानीय हस्तकला: सीपलाई बजारसँग जोड्ने प्रयास

थप पढ्नुहोस् »

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौँ,१६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। बुधबार दुबै दलले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरणको घोषणा गरेका हुन्। सम्झौता पत्रमा देशमा सशक्त राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुई पार्टीबीच एकता गर्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ। दुवै दलका नेताहरूले एकताले राष्ट्रिय … Continue reading राप्रपा र राप्रपा नेपालबीच एकता

थप पढ्नुहोस् »

एक महिनापछि मधेश सरकार पूर्ण: छ मन्त्रीले लिए शपथ

काठमाडौं,१६ पुस । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक महिनापछि पूर्णता पाएको छ। मन्त्रिपरिषद् विस्तार गर्दै बुधबार थप छ जना मन्त्री नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो। नवनियुक्त मन्त्रीहरूले जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारअनुसार मनिषकुमार सुमनलाई … Continue reading एक महिनापछि मधेश सरकार पूर्ण: छ मन्त्रीले लिए शपथ

थप पढ्नुहोस् »

कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौं,१६ पुस । रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै इपिएस (EPS) प्रणाली अन्तर्गत छनोट भएका विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। बुधबार विद्यार्थीहरूले युवाको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै इपिएस कोरिया शाखा कार्यालय अगाडि, ग्वार्को (ललितपुर) मा विरोध प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अल्झिँदा आफूहरू अन्योलमा परेको उनीहरूको गुनासो छ। प्रदर्शनकारीहरूले भाषा परीक्षा … Continue reading कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

थप पढ्नुहोस् »