समाचार

तुलसीपुरमा पानी ट्यांकीमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु

दाङ,२८ मंसिर । दाङको तुलसीपुरमा ट्यांकीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ। आज बिहान करिब ११ बजेतिर आफ्नै घरको छतमा राखिएको पानीको ट्यांकीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ निवासी तिलक मिजारकी ३ वर्षीया छोरी रेजिना मिजारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहका अनुसार बालिका खेल्ने क्रममा ट्यांकीमा … Continue reading तुलसीपुरमा पानी ट्यांकीमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु

थप पढ्नुहोस् »

एमाले महाधिवेशन: बन्दसत्र सुरु

काठमाडौँ,२८ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारीहरू रहेको अध्यक्षमण्डल घोषणा गरेका छन्। बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता तथा समसामयिक विषयहरू प्रस्तुत गरी छलफल गरिने … Continue reading एमाले महाधिवेशन: बन्दसत्र सुरु

थप पढ्नुहोस् »

लुम्बिनीमा कांग्रेस उम्मेदवार सिफारिस : पाँच जिल्लाको बाकी

दाङ,२८ मंसिर । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया लुम्बिनी प्रदेशमा जारी रहेको छ। पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा पठाउने व्यवस्था छ। लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट उम्मेदवार सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अम्मर … Continue reading लुम्बिनीमा कांग्रेस उम्मेदवार सिफारिस : पाँच जिल्लाको बाकी

थप पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

थप पढ्नुहोस् »

महोत्सवको ८० प्रतिशत तयारी पूरा

दाङ,२८ मंसिर । तुलसीपुरमा सन्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको छ। “स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार गरौँ र दिगो अर्थतन्त्र निर्माण गरौँ” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको हो। आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सव सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले सो कुरा … Continue reading महोत्सवको ८० प्रतिशत तयारी पूरा

थप पढ्नुहोस् »

रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन

दाङ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो तुलसीपुर नगर भेला सम्पन्न भएको छ। भेलाले जीवन भण्डारीलाई तुलसीपुर नगर सभापतिमा चयन गरेको छ। भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति पनि गठन गरिएको छ। समितिमा उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली, कोषाध्यक्षमा राजन भण्डारी रहेका छन्। सदस्यहरूमा शोभा सुवेदी, … Continue reading रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन

थप पढ्नुहोस् »

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो। लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाए। उनले १३ बलमा यो योगदान दिएका हुन्। डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ … Continue reading एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

थप पढ्नुहोस् »

एमाले अजम्बरी पार्टी हो: ओली

काठमाडौं ,२७ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्। पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले अजम्बरी रहेको जिकिर गरे। ओलीले पुराना पार्टी र नेताहरूको सान्दर्भिकता सकिएको भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई जनताको उपस्थितिले खण्डन गरेको बताए। उनले … Continue reading एमाले अजम्बरी पार्टी हो: ओली

थप पढ्नुहोस् »

फरार ११ प्रतिवादी पक्राउ

दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० गतेदेखि २६ गतेसम्म प्रहरीले गरेको खोजतलास अभियानमा उनीहरूलाई समातिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। प्रहरीका अनुसार दाङ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि दाङ जिल्ला … Continue reading फरार ११ प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »

गोर्खा लोटस बुट क्याम्पको उद्घाटन

दाङ, २६ मंसिर। घोराहीमा सञ्चालित गोर्खा लोटस बुट क्याम्पले औपचारिक कार्यक्रममार्फत आफ्नो तालिम सेवा शुभारम्भ गरेको छ। मंसिर १ गतेबाट कक्षा सञ्चालनमा ल्याइसकेको क्याम्पको उद्घाटन गरिएको हो। क्याम्पका अध्यक्ष तथा सञ्चालक बलबहादुर बुढाले दूरदराजबाट तालिम लिन आउने युवालाई लक्षित गर्दै सुविधासम्पन्न होस्टेलको व्यवस्था गरिएको जानकारी दिए। सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरणमा युवालाई प्रतिस्पर्धी बनाउन क्याम्प … Continue reading गोर्खा लोटस बुट क्याम्पको उद्घाटन

थप पढ्नुहोस् »