समाचार

सरकारले ग¥यो जेनजीसँगको १० बुँदे सम्झौता अनुमोदन

काठमाडौँ,२५मंसिर। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्पन्न भएको १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै, सम्बन्धित मन्त्रालयमार्फत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता जगदीश खरेलले सम्झौतालाई नेपाल राजपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गरिने जानकारी दिए। बैठकले भदौ २३ र … Continue reading सरकारले ग¥यो जेनजीसँगको १० बुँदे सम्झौता अनुमोदन

थप पढ्नुहोस् »

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेट

काठमाडौँ,२५ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् । शाक्यले मन्त्रीसंगको भेटमा आफ्नो पुनर्बहालीबारे जानकारी गराएका छन्। सर्वोच्च अदालतले शाक्यलाई कार्यकारी निर्देशकको रूपमा पुनः पदबहाली गर्न आदेश दिएपछि उनी बुधबार प्राधिकरणमा फर्किएका हुन्। आज बिहीबार शाक्यले मन्त्रालयमा पुगेर मन्त्री घिसिङलाई अदालतको आदेशअनुसार पदमा … Continue reading कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेट

थप पढ्नुहोस् »

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित

काठमाडौं,२५ मंसिर । सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ फेरि स्थगित भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मुद्दा ‘हेर्न नमिल्ने’ कारण देखाउँदै पेसी सार्ने निर्णय गरेको हो। मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको संयुक्त … Continue reading रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित

थप पढ्नुहोस् »

एनपीएल : आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स भिड्दै

काठमाडौ,२५ मंसिर। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेल आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुने भएको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाले विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनी भने इलिमिनेटर चरणमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै अगाडि बढेको हो। … Continue reading एनपीएल : आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स भिड्दै

थप पढ्नुहोस् »

विवाहका लागि निस्किएका पुरुष मृत फेला

काठमाडौ,२५ मंसिर । नवलपुरको चोरमारामा आज बिहान विवाहका लागि घरबाट निस्किएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार कावासोती–५ का मूल घर भई हाल कावासोती–३ थारु टोलमा बस्दै आएका जितबहादुर उपाध्याय चोरमाराको उकालोमा मृत भेटिएका हुन् । अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान … Continue reading विवाहका लागि निस्किएका पुरुष मृत फेला

थप पढ्नुहोस् »

काठमाडौं जादै गरेको बस लमहीमा दुर्घटना: २२ जना घाइते

दाङ,२५ मंसिर । काठमाडौँ जाँदै गरेको बस दाङको लमहिमा दुर्घटना भएको छ। दाङको लमही नगरपालिका–१ कौडियापुलमा आज बिहान डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। विहीबार बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीका … Continue reading काठमाडौं जादै गरेको बस लमहीमा दुर्घटना: २२ जना घाइते

थप पढ्नुहोस् »

एनपीएल क्रिकेट : काठमाडौँ गोर्खाजलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

काठमाडौँ,२४ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले अन्तिम चरणमा स्थान पक्का गरेको हो। काठमाडौँले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदै पूरा गर्‍यो। उक्त हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ। लुम्बिनीको सहज जित लुम्बिनीका … Continue reading एनपीएल क्रिकेट : काठमाडौँ गोर्खाजलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

थप पढ्नुहोस् »

परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौं,२४ मंसिर । सर्वोच्च अदालतको परमादेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः पदबहाली भएका छन्। अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएपछि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय खारेज गरेपछि शाक्य आज बिहान प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन्। यसअघि उनी कार्यकारी निर्देशक पदबाट हटाइएका थिए, तर सर्वोच्चको … Continue reading परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशक

थप पढ्नुहोस् »

रुपन्देही–३ मा कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जनाको सिफारिस

दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ। साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस … Continue reading रुपन्देही–३ मा कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जनाको सिफारिस

थप पढ्नुहोस् »

प्रधानमन्त्रीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्। महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार पत्रमा लोकतन्त्र, संविधान र मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वच्छ र भयरहित निर्वाचनको माग राखिएको छ। … Continue reading प्रधानमन्त्रीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

थप पढ्नुहोस् »