समाचार

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन

काठमाडौ,७ मंसिर ।राजधानीको राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामार्फत नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूह एकीकृत भई ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ गठन गरिएको छ। नयाँ पार्टीले वाम–लोकतान्त्रिक तथा अन्य परिवर्तनकारी शक्तिहरूलाई एउटै छातामुनि लैजाने लक्ष्य राखेको बताइएको छ। घोषणा सभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री … Continue reading ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन

थप पढ्नुहोस् »

एमाले नेता महेश बस्नेत चडेको गाडीमा रंङ प्रहार

काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका बस्नेत सवार गाडीमा प्रदर्शनकारीहरूले बेलुनको लोला र रङ हानेका छन्। दुर्व्यवहारको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय … Continue reading एमाले नेता महेश बस्नेत चडेको गाडीमा रंङ प्रहार

थप पढ्नुहोस् »

मुगुमा दूरसञ्चार समस्या समाधानको माग

काठमाडौ,६ मंसिर ।कर्णाली प्रदेशको मुगु जिल्लामा अझै पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको भन्दै स्थानीय युवाहरूले गुणस्तरीय सेवा विस्तारका लागि सरकारको ध्यानाकर्षण कराएका छन्। दीर्घकालीन समाधानका उद्देश्यसहित मुगुको सोरु गाउँपालिकाका युवाहरू राजधानी काठमाडौँ आएर सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशिष देवकोटाको नेतृत्वमा … Continue reading मुगुमा दूरसञ्चार समस्या समाधानको माग

थप पढ्नुहोस् »

वर्तमान सरकार चुनावको बाटोमा छैन: शंकर पोख्रेल

काठमाडौ,६ मंसिर । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित जनसभामा उनले अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि बताए। ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने। उनले थपे, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? … Continue reading वर्तमान सरकार चुनावको बाटोमा छैन: शंकर पोख्रेल

थप पढ्नुहोस् »

मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

काठमाडौ,६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो। संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने महासचिवको जिम्मेवारी … Continue reading मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

थप पढ्नुहोस् »

तुलसीपुरका विनोदको दुबईमा उपचारका क्रममा निधन

दाङ, ५ मंसिर। तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँका ३९ वर्षीय विनोद ओलीको दुबईमा निधन भएको छ। करिब एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा रहेका उनको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ। विनोदलाई अचानक स्वास्थ्य समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा ज्यान गएको उनका बुवा सुरेश ओलीले जानकारी दिए। बुवा सुरेशका अनुसार मृत्युको कारण भने अझै … Continue reading तुलसीपुरका विनोदको दुबईमा उपचारका क्रममा निधन

थप पढ्नुहोस् »

बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

काठमाडौ,५ मंसिर । बाराको सिमरामा नेकपा (एमाले) कार्यकर्ता र जेनजी युवाबीच चर्किएको विवाद स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच भएको वार्तापछि समाधान भएको छ। शुक्रबार सम्पन्न वार्तामा दुवै पक्षले तीन बुँदे सहमति जनाउँदै विवाद अन्त्य गर्न सहमति गरेका हुन्। वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहलाई सुरक्षा सुनिश्चित गर्ने, घटनामा घाइते भएकाको उपचार व्यवस्थापन … Continue reading बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

थप पढ्नुहोस् »

लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

दाङ,५ मंसिर । लुम्बिनी प्रदेश सरकारले कात्तिक मसान्तसम्म कुल बजेटको ११.५३ प्रतिशत मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु वर्ष २०८२/८३ का लागि ल्याइेको ३८ अर्ब ९१ करोडको बजेटमध्ये चार अर्ब ४८ करोड ८० लाख ८३ हजार रुपैयाँ खर्च भएको हो। चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजारमध्ये … Continue reading लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

थप पढ्नुहोस् »

७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

काठमाडौ,५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्ने अध्यादेश जारी गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) साढे सात वर्षपछि पुनः गृह मन्त्रालय मातहत आएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न गरेको सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएपछि गुप्तचर निकाय औपचारिक रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा भएको हो। यसअघि सरकारले राअविसहित राजस्व अनुसन्धान … Continue reading ७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

थप पढ्नुहोस् »

आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको दिनसहित अघि र पछि गरी तीन दिन बिदा दिए अधिकांश नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र र मतदान केन्द्रसम्म पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको … Continue reading आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

थप पढ्नुहोस् »