समाचार

मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए। कार्यक्रम घोराही … Continue reading मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

पाल्पा बस दुर्घटना अपडेट: (विवरणसहित)

दाङ,५ मंसिर । पाल्पा रानीमहल घुम्नका लागि दाङबाट विद्यार्थी लिएर गएको बस शुक्रबार बिहान दुर्घटनामा परी ११ जना सामान्य रूपमा घाइते भएका छन्। दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी बोकेर आएको ना ५ ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिक अचानक अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय … Continue reading पाल्पा बस दुर्घटना अपडेट: (विवरणसहित)

थप पढ्नुहोस् »

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना:११ जना घाइते

दाङ,५ मंसिर । पाल्पामा विद्यार्थी बोकेको बस शुक्रबार (मंसिर ५) बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दाङबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी रानीमहल जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका डीएसपी होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। उनका अनुसार सबै घाइतेहरूको अवस्था … Continue reading पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना:११ जना घाइते

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा स्मरण शक्ति परीक्षण कार्यक्रम

दाङ, ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकामा बालबालिकामध्ये स्मरण शक्ति परीक्षणसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ। महिला बालबालिका शाखाको आयोजनामा तथा शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं–३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र जनता आ.वि हरनेटीको समन्वयमा सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र … Continue reading अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा स्मरण शक्ति परीक्षण कार्यक्रम

थप पढ्नुहोस् »

लुम्बिनी लायन्ससंग चितवन राइनोज पराजित

काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ। चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका विदेशी खेलाडी गुलबदिन नाइबले २४ बलमा … Continue reading लुम्बिनी लायन्ससंग चितवन राइनोज पराजित

थप पढ्नुहोस् »

फेला पारिएका सवारी हस्तान्तरण

काठमाडौ,४ मंसिर ।प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ सवारीसाधन फेला पारिएको हो। सवारीसाधनलाई आज एक कार्यक्रममार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालय … Continue reading फेला पारिएका सवारी हस्तान्तरण

थप पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौ,४ मंसिर । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रसाईंलाई सशरीर उपस्थित गराउन निर्देशन दिएको हो। विरोध प्रदर्शनको चेतावनी दिएपछि सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ परेका प्रसाईंलाई प्रशासनको अनुमति लिएर … Continue reading दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा स्वीकृत

काठमाडौ,४ मंसिर । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकको राजीनामा औपचारिक रूपले स्वीकृत गरिएको छ। प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा पाठकले २०८२ असोज १ गते उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएको उल्लेख छ। प्रदेश सभा नियमावली २०७४ को नियम १८४(२) अनुसार प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जनाएका छन्। … Continue reading बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा स्वीकृत

थप पढ्नुहोस् »

राप्रपामा महाधिवेशनअघि निर्वाचन समिति विवादमा

काठमाडौ,४ मंसिर । महाधिवेशनको तयारी भइरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय निर्वाचन समिति नै विवादमा तानिएको छ। निर्वाचन समितिले अधिवेशन प्रक्रियामा प्रभाव पार्ने निर्णय जारी गर्दै देशभर पत्राचार गरेपछि समितिको निष्पक्षता, अधिकार र वैधानिकता प्रति नेताकर्मीले गम्भीर प्रश्न उठाएका छन्। पार्टी विधानअनुसार निर्वाचन समितिको काम अधिवेशनका नियमन कार्यान्वयन गर्ने हो, नयाँ नियम बनाउने … Continue reading राप्रपामा महाधिवेशनअघि निर्वाचन समिति विवादमा

थप पढ्नुहोस् »

जेनजी युवामाथि कुटपिट आरोपमा दुई वडाध्यक्ष पक्राउ

काठमाडौ,४ मंसिर । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको अभियोगमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष रहेका उनीहरूले हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवामाथि कुटपिट गरेको आरोप लागेको छ। … Continue reading जेनजी युवामाथि कुटपिट आरोपमा दुई वडाध्यक्ष पक्राउ

थप पढ्नुहोस् »