समाचार

दाङमा तास खेलिरहेका पाँचजना पक्राउ

दाङ,१५ कार्तिक । दाङमा प्रहरीले तास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा दुई महिला र तीन पुरुष रहेका छन् । पक्राउ पर्नेहरुमा घोराही–१० खैराका विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका दलबहादुर … Continue reading दाङमा तास खेलिरहेका पाँचजना पक्राउ

थप पढ्नुहोस् »

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्। उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्। यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ। नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो … Continue reading अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

थप पढ्नुहोस् »

जोमसोम–कागबेनी सडक सञ्चालनमा

मुस्ताङ, १५ कार्तिक । निरन्तर वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सडक मर्मतपछि सवारी आवागमन सुरु भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्मको यात्रा सहज बनेको छ । कागबेनी–छुसाङ सडक खुलाउने कार्य भने अझै जारी रहेको प्रशासनले … Continue reading जोमसोम–कागबेनी सडक सञ्चालनमा

थप पढ्नुहोस् »

घुँगी खोज्न गएका वृद्धको मृत्यु

चितवन,१५ कार्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएका छन् । प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो रिउ खोलामा घुँगी खोज्न गएका थिए । शनिबार बिहान दलदलमा बोटको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए … Continue reading घुँगी खोज्न गएका वृद्धको मृत्यु

थप पढ्नुहोस् »

घनाबस्तीबीच रहेको आयल निगम डिपो तत्काल सार्न स्थानीयको दबाब

धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् । दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि हालसम्म कुनै प्रगति नदेखिएपछि शुभकामना टोल विकास संस्थाको अगुवाइमा स्थानीयले अर्को सातादेखि चरणबद्ध आन्दोलनको तयारी गरेका हुन् । टोलका अध्यक्ष दीर्घराज ओझाका अनुसार घनाबस्तीबीच रहेको … Continue reading घनाबस्तीबीच रहेको आयल निगम डिपो तत्काल सार्न स्थानीयको दबाब

थप पढ्नुहोस् »

आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा

काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई तुलसी–विवाहको दिनका रूपमा पनि चिनिन्छ। धार्मिक विश्वासअनुसार आसार शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजको दिन (हरिबोधिनी एकादशी)मा ब्यूँतिने भएकाले … Continue reading आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा

थप पढ्नुहोस् »

भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको भेटपछि उक्त सम्झौताको घोषणा गरिएको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौताले दुई देशबीचको समन्वय, सूचना … Continue reading भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

थप पढ्नुहोस् »

सल्यानमा ब्राउनसुगरसहित चार युवक पक्राउ

सल्यान१४ कार्तिक । सल्यान प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल शारदा–१ बसोबास गर्ने २४ वर्षीय सन्दीप नेपाली रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ३ ग्राम तौलको ब्राउनसुगरका १५ पुडिया, … Continue reading सल्यानमा ब्राउनसुगरसहित चार युवक पक्राउ

थप पढ्नुहोस् »

प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि बिरामीको चाप बढ्दो

दाङ,१४ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्र रोग) सेवा सुरु भएपछि सो सेवाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अब यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाका अनुसार युरोलोजी ओपीडीमा दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहित सेवा लिइरहेका छन् … Continue reading प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि बिरामीको चाप बढ्दो

थप पढ्नुहोस् »

टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) लक्षित गर्दै क्यानले शुक्रबार सबै संघहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो। क्यानका अनुसार एनएसपीएल जस्ता टेनिस बल क्रिकेट … Continue reading टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

थप पढ्नुहोस् »