समाचार

पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् । डा. भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र … Continue reading पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

थप पढ्नुहोस् »

चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

कर्णाली,९ असोज । कर्णाली प्रदेशमा चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था योजना बनाइएको छ । जसअन्र्तगत दसैँ, तिहार र छठ पर्वका बेला हुने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरी ड्रोनसहित सुरक्षा व्यवस्था गर्ने योजना बनाएको छ। योजना … Continue reading चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »

तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

काठमाडौँ,९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा गएको पहिरो हटाउन शुक्रबार बिहानसम्म लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आजै पहिरो हटाउन सकिने सम्भावना नभएको जनाएको हो। सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले ६ वटा उपकरण परिचालन गरेर दुई साइडबाट काम भइरहेको छ। तर, एक … Continue reading तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

थप पढ्नुहोस् »

सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

काठमाडौं,९ असोज । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म (भदौ मसान्त) यो रकम पुगेको हो। गत असार मसान्तसम्म ऋणभार २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड … Continue reading सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

थप पढ्नुहोस् »

पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ,९ असोज । देशका विभिन्न पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । विभिन्न स्थापनमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण ठाउँ–ठाउँका राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड , रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै, पहिरोका कारण … Continue reading पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौ,९ असोज । हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति झापाको विर्तामोड नगरपालिका ७ स्थित खालबाडीमा हात्तीले आक्रमण गर्दा ३६ वर्षीय युवकको मृत्यु भएको हो । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए … Continue reading हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

थप पढ्नुहोस् »

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौ,९ असोज । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक तय गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह् ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँ झ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

थप पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई सक्रिय बनाएको बताएको छ । मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या … Continue reading स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

थप पढ्नुहोस् »

डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका थिए। स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्। पद छाड्ने प्रस्ताव राखेसँगै ड. भट्टराईले राजीनामा … Continue reading डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

थप पढ्नुहोस् »

कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौ,८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि पनि उनलाई सीआईबीले १२ असार २०८० … Continue reading कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

थप पढ्नुहोस् »