समाचार

नेपाल टेलिकमको दशैं तिहार अफर : २५० रुपैयाँमै १ हजार मिनेट कुरा गर्ने सुबिधा

दाङ ,७ असोज । नेपाल नेपाल टेलिकमको दशैं, तिहारदेखि छठसम्मको अफर ल्याएको छ । नेपालीहरुको महान पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि छुट, डाटा र फोनकलको अफर ल्याएको छ । सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।यस अफर अन्तर्गत असोज … Continue reading नेपाल टेलिकमको दशैं तिहार अफर : २५० रुपैयाँमै १ हजार मिनेट कुरा गर्ने सुबिधा

थप पढ्नुहोस् »

पुनः अवरुद्ध मुग्लिन-नारायणगढ सडक

काठमाडौं,७ असोज । मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ।  तुइन खोलामा पहिरो खसेका कारण सडक पुनः अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको हो। खसेको पहिरो हटाउने काम भइरहेको छ। यस सडकको विकल्पमा मुग्लिङ-आँबुखैरेनी-गाेरखा-ढुवाडेभञ्ज्याङ्ग-घ्याम्पेसाल-आरुघाट-धादिङ्वेशी-मलेखु सडक खण्ड प्रयाेग गर्न सकिन्छ। गाेरखा बजारबाट ९० … Continue reading पुनः अवरुद्ध मुग्लिन-नारायणगढ सडक

थप पढ्नुहोस् »

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ, ७ असोज ।नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीको कुमकाे भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिकाे भागमा निलाे रङको जर्सी देखे पनि मुनिकाे भागमा हल्का राताे रङ रहेकाे छ। … Continue reading राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

थप पढ्नुहोस् »

चलचित्र ‘लज्जावती’को शुभमुहूर्त: छायांकन सुरु

काठमाडौँ,६ असोज । राजबहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको हो। शुभमुहूर्त सट पटकथाकार प्रदीप भारद्धाजले निर्देशन गरेका थिए। कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएका थिए भने त्यसपछि … Continue reading चलचित्र ‘लज्जावती’को शुभमुहूर्त: छायांकन सुरु

थप पढ्नुहोस् »

नेपाल रेल्वेद्वारा कार्गाे सेवा सञ्चालनको तयारी

काठमाडौं,६ असोज । नेपाल रेल्वे कम्पनीले आफ्नो सेवालाई व्यावसायिक र नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ। भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै अब मालसामान ढुवानी गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। भारत सरकारको करिब १० अर्ब रुपैयाँ लागतमा मर्मत तथा निर्माण सम्पन्न गरी … Continue reading नेपाल रेल्वेद्वारा कार्गाे सेवा सञ्चालनको तयारी

थप पढ्नुहोस् »

६ महिनाभित्र सुशासनका आधार तयार गर्ने संचारमन्त्री खरेलको घोषणा

काठमाडौँ,६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाले। पदभार ग्रहण समारोहमा मन्त्री खरेलले ६ महिनाभित्र सुशासन र पारदर्शिताको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “६ महिनाको लागि सञ्चारमन्त्री आएर कायापलट गर्न सम्भव छैन। … Continue reading ६ महिनाभित्र सुशासनका आधार तयार गर्ने संचारमन्त्री खरेलको घोषणा

थप पढ्नुहोस् »

कार्की नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्री थपिए

काठमाडौं,६ असोज । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा चार नयाँ मन्त्री थप्दै विस्तार गरेकी छन्। यससँगै कार्की नेतृत्वमा मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ। नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार, … Continue reading कार्की नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्री थपिए

थप पढ्नुहोस् »

तीन सवारीसाधन एकआपसमा ठोक्किदा ३१ जना घाइते

काठमाडौं,६ असोज । पूर्व-पश्चिम राजमार्गमा सवारी साधन एकआपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् । राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका … Continue reading तीन सवारीसाधन एकआपसमा ठोक्किदा ३१ जना घाइते

थप पढ्नुहोस् »

केशर महलमा सारियो शिक्षा मन्त्रालय

काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको हो । भवन प्रयोग गर्न अयोग्य भएपछि मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।   उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार … Continue reading केशर महलमा सारियो शिक्षा मन्त्रालय

थप पढ्नुहोस् »

दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द

काठमाडौँ,६ असोज । दाङ जिल्लामा पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन्। हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू अब सञ्चालनमा छैनन्। अधिकृत बस्नेतले भने, “अतिरिक्त हुलाक कार्यालयको काम प्रायः शून्य छ। केही बैंकका चिठी बाहेक … Continue reading दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द

थप पढ्नुहोस् »