समाचार

जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोग गठन

काठमाडौं ,५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्। जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।

थप पढ्नुहोस् »

प्रधानमन्त्री भेट्न गएका घाइते जेनजीलाई सिंहदरबार बाहिरै छाड्यो प्रहरीले

काठमाडौँ, ५ असोज। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि बाहिर छाडेको छ। सिंहदरबारको गेटमै धर्ना बसेपछि प्रहरीले उनीहरूलाई भित्र प्रवेश गराएको थियो। भित्र गएर घाइतेहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। त्यही क्रममा उनीहरूले सुदन गुरुङ जेन–जी आन्दोलनका नेता नभएको दाबी गर्दै आक्रोश व्यक्त गरेका थिए। … Continue reading प्रधानमन्त्री भेट्न गएका घाइते जेनजीलाई सिंहदरबार बाहिरै छाड्यो प्रहरीले

थप पढ्नुहोस् »

उपमहानगरलाई गोरखा माविको सहयोग

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ। भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित भएपछि उपमहानगरपालिकालाई गोरखा माध्यमिक विद्यालयले सहयोग गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान स्टिल दराज, दुई … Continue reading उपमहानगरलाई गोरखा माविको सहयोग

थप पढ्नुहोस् »

राज्यलाई कमजोर पार्ने काम कसैको हितमा छैन : मुख्यमन्त्री आचार्य

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएका आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकालो भवन, उपमहानगरपालिका भित्र पर्ने उच्च अदालतदेखि विभिन्न सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयसम्म पुगेर उनले आगजनीले पारेको क्षति अवलोकन गरेका हुन् । अनुगमनपछि मुख्यमन्त्री आचार्यले सेवा प्रवाह नरोकिने बताउँदै आवश्यक परे … Continue reading राज्यलाई कमजोर पार्ने काम कसैको हितमा छैन : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधयेक प्रमाणिकरण

काठमाडौँ,५ असोज । नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रमाणीकरण भएको छ । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको यो विधेयक नेपालको संविधान बमोजिम आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, … Continue reading नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधयेक प्रमाणिकरण

थप पढ्नुहोस् »

नख्खु जेलबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काठमाडौ,५ असोज । कारागारबाट भागेका एक कैदीले श्रीमतिको हत्या गरेका छन् । काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ गागल बस्ने करीब ३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीय श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । वडा अध्यष केसीका अनुसार सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा … Continue reading नख्खु जेलबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

थप पढ्नुहोस् »

हत्या अभियोगमा एक युवती पक्राउ

रुपन्देही,५ असोज । हत्याको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बुटवलका २७ वर्षीय रोहित थापाको हत्या गरेको अभियोगमा २३ वर्षीय सुनिता केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार असोज २ गते साँझ बुटवल उपमहानगरपालिका वडा नं। ११ मैना बगर बस्ने थापा र वडा नं। ५ ध्रुव … Continue reading हत्या अभियोगमा एक युवती पक्राउ

थप पढ्नुहोस् »

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ। आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिहरूले समाजमा हिंसात्मक गतिविधिलाई थप बल पुर्‍याउने सम्भावना रहेको भन्दै सचेत गराएको छ। “नागरिकले आफ्नो धारणा राख्न र सार्वजनिक व्यक्तिको कार्यप्रति टिप्पणी गर्न पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको हिस्सा … Continue reading घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

थप पढ्नुहोस् »

अलपत्र यात्रुलाई खाजा र पानी वितरण

काठमाडौँ,५ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण गरिएको छ। जिल्ला सुरक्षा समिति, चितवन र स्थानीय व्यवसायीको सहयोगमा आइतबार बिहानदेखि यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार साँझ सवा ७ बजे तुइन खोलामा ठूलो पहिरो खसेपछि उक्त सडकखण्डमा आवागमन … Continue reading अलपत्र यात्रुलाई खाजा र पानी वितरण

थप पढ्नुहोस् »

तालिम केन्द्र परिसरमा प्रहरी जवान मृत फेला

रुपन्देही, ५ असोज । रुपन्देहीको बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन्। २४ वर्षीय श्याम चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदान नजिकै रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी शुक्रबार राति तालिम केन्द्रमै ड्युटीमा रहेका थिए। प्रहरी स्रोतका अनुसार तालिम केन्द्रको उत्तर–पूर्वी कुनामा … Continue reading तालिम केन्द्र परिसरमा प्रहरी जवान मृत फेला

थप पढ्नुहोस् »