समाचार

तरकारी बोकेको गाडीमा ३३४ किलो गाँजा

काठमाडौँ,५ असोज । प्रहरीले तरकारी बोक्ने गाडीबाट गाँजा बरामद गरेको छ । शनिवार रातिको गस्तीको क्रममा रौतहट प्रहरीले लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको हो । प्रहरी चौकी रामपुरखापबाट खटि गएको प्रहरी टोलीले राति इशनाथ नगरपालिका –८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको हो । मोतिपुरबाट जटहरा … Continue reading तरकारी बोकेको गाडीमा ३३४ किलो गाँजा

थप पढ्नुहोस् »

बालाजुमा बस पल्टिदा ३४ जना घाइते

काठमाडौँ,५ असोज । काठमाडौंको बालाजुमा बस पल्टिएको छ। आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रसिंह गुरूले जानकारी दिए। उनका अनुसार बसमा रहेका ३४ जना यात्रु सामान्य घाइते छन्। उनीहरूलाई नजिकैका अस्पतालहरूमा पठाइसकेको छ। पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ।

थप पढ्नुहोस् »

दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो। कलेजका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका उपनिर्देशक यादवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा … Continue reading दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

थप पढ्नुहोस् »

करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाडौं,४ असोज । लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरमा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु भएको छ। शनिबार बिहान खेतमा धान रोप्ने क्रममा मोटर चलाउँदै गर्दा गम्भीर घाइते भएका जनता माध्यमिक विद्यालयका ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनी उपचारका क्रममा मृत्यु भएका हुन्। घटनापछि आफन्त र स्थानीयले उनलाई तत्काल लहानस्थित रामकुमार शारदा–उमाप्रसाद … Continue reading करेन्ट लागेर शिक्षकको मृत्यु

थप पढ्नुहोस् »

न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् । शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । “अहिलेको सरकारले आँट गरेर छानबिन … Continue reading न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा निर्णय गरेका छन्। शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए। मन्त्री … Continue reading चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

थप पढ्नुहोस् »

यात्रामा सतर्कता अपनाउन भारतको आग्रह

काठमाडौं,४ असोज । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकलाई लक्षित गरी नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले हाल परिस्थिति केही हदसम्म सामान्य भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। एडभाइजरीमा भनिएको छ, “गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुधारिएको … Continue reading यात्रामा सतर्कता अपनाउन भारतको आग्रह

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध

काठमाडौं , ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको छ। शुक्रबार बेलुकी ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो। प्रहरीका अनुसार निरन्तर खसिरहेको खुक्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। शनिबार बिहानैदेखि सडक खुलाउन प्रयास भए पनि ढुङ्गा र माटो झरिरहेकाले सम्भव … Continue reading मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध

थप पढ्नुहोस् »

संविधान दिवसमा तुलसीपुर नगर जेसीजद्वारा दीप प्रज्वलन

दाङ, ३ असोज । तुलसीपुर नगर जेसीजले संविधान दिवस २०८२ का अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्व सुदृढ बनाउने सन्देश दिनका लागि नगर जेसीजले दीप प्रज्वलन कार्यक्रम गरेको हो। । जेसिजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षतामा तथा जेसिज वर्ष २०१५ का अध्यक्ष झरेन्द्र … Continue reading संविधान दिवसमा तुलसीपुर नगर जेसीजद्वारा दीप प्रज्वलन

थप पढ्नुहोस् »

जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ । एच. आर. मिडिया हाउस प्रालिको पहलमा गरिएको सहयोगअन्तर्गत कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सीलगायत करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामग्री उपलब्ध गराइएको हो … Continue reading जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

थप पढ्नुहोस् »