समाचार

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने

दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले दिवस औपचारिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन् । कार्यक्रम बिहान ८ बजे आयोजना गरिनेछ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेश मातहतका … Continue reading लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने

थप पढ्नुहोस् »

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

काठमाडौं,३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना व्यक्त गर्दै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे। सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको … Continue reading राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

थप पढ्नुहोस् »

बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले गठन गर्‍यो कार्यदल

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ। बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री यस कार्यदलमा छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद … Continue reading बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले गठन गर्‍यो कार्यदल

थप पढ्नुहोस् »

प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’

दाङ,३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न गरेको प्रस्तवलाई वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले अस्वीकार गरेका छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले अस्पतालको जिम्मेवारी र बिरामी छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्। ‘यहाँ अस्पतालमा छु। यत्रो काम छ, यहाँ छाडेर आउने … Continue reading प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’

थप पढ्नुहोस् »

सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् । उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्। भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्। । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ … Continue reading सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

थप पढ्नुहोस् »

२६ वर्षीय युवती मृत्त फेला

खोटाङ,३१ भदौ । खोटाङमा एक युवती मृत्त फेला परेकी छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युवती मृत फेला परेकी हुने । सोही पालिकाकी वडा नं ४ बतासे बस्ने अन्दाजी २६ वर्षीया रेस्मिका परियार स्थानीय मार्से जंगलमा भदौ ३० गते राति मृत फेला परेकी हुन् । अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल … Continue reading २६ वर्षीय युवती मृत्त फेला

थप पढ्नुहोस् »

भवन क्षतिग्रस्त भएपछि त्रिपालमुनिबाट सेवा सुरु

दाङ,३१ भदौ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले कार्यालय भवन क्षतिग्रस्त भएपछि तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपालमुनिबाट सेवा सुरु गरेको छ। आन्दोलनकै क्रममा उपमहानगरपालिकासहित मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन कार्यालय, कारागार, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो। उपमहानगरपालिकाका तीनवटा भवनमा ठूलो क्षति पुगेको छ। जसमा नयाँ साततले “तुलसी … Continue reading भवन क्षतिग्रस्त भएपछि त्रिपालमुनिबाट सेवा सुरु

थप पढ्नुहोस् »

बाघको आक्रमणमा परि महिलाको मृत्यु

बाँके,३० भदौ। बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।राप्तीसोनारी–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारु आइतबार राति बाघको आक्रमणमा परि मृत्यु भएकी हुन्। थारु सोही गाउँपालिकाको वडा नं–२, मदुईस्थित आफन्तको घरबाट फर्किँदै गर्दा जनमुखी सामुदायिक वन क्षेत्रमा बाघको शिकार बनेकी प्रहरीले जनाएको छ। घर फर्कने क्रममा उनी जंगलको बाटोमै निदाएका बेला बाघले आक्रमण … Continue reading बाघको आक्रमणमा परि महिलाको मृत्यु

थप पढ्नुहोस् »

एनसेलले दियो कार्यालयमा तोडफोड र लुटपाट गर्नेविरुद्द उजुरी

काठमाडौं,३० भदौ । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरेका घटनाबारे एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरेको छ। उजुरीमा सुरक्षाकर्मीलाई धम्की दिँदै कोठामा थुनी भवनमा आगजनी तथा तोडफोड गरिएको, बहुमूल्य विद्युतीय उपकरण, कागजात, नगद, गहना तथा मोटरगाडी लुटिएको उल्लेख छ। … Continue reading एनसेलले दियो कार्यालयमा तोडफोड र लुटपाट गर्नेविरुद्द उजुरी

थप पढ्नुहोस् »

पोखरा मेयरको घरमा आगजनी प्रकरण : रास्वपा सभापति थापा निलम्बन

काठमाडौं,३० भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भएको तोडफोड र आगजनी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको संलग्नता देखिएको छ। भदौ २४ गते दिउँसो मेयर आचार्यको पोखरा–९ नयाँबजारस्थित घरमा एउटा समूहले तोडफोड गरेको थियो। सोही रात अर्को समूहले घरमा आगजनी गरेको थियो। राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको … Continue reading पोखरा मेयरको घरमा आगजनी प्रकरण : रास्वपा सभापति थापा निलम्बन

थप पढ्नुहोस् »