समाचार

काठमाडौँ जाँदै गरेको कारमाथि ढुङ्गा खस्यो: तीनजना घाइते

चितवन,४ साउन । काठमाडौँतर्फ जाँदै गरेको कारमाथि ढुंगा खस्दा कारमा सवार तीनजना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् । आइतबार दिउँसो इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा माथिबाट खसेको ढुङ्गा भारतीय नम्बर प्लेट (युपी ८० जिपी २९२८) भएको कारमा खस्दा गाडीमा सवार तीन जना घाइते भएका हुन्। घाइतेहरूमा भारतको … Continue reading काठमाडौँ जाँदै गरेको कारमाथि ढुङ्गा खस्यो: तीनजना घाइते

थप पढ्नुहोस् »

रुखबाट लड्दा दमारगाउँ निवासी भण्डारी घाइते

दाङ, ४ साउन । रुखबाट लडेर दाङको तुलसीपुरमा एक महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रुखबाट लडेर उनी घाइते भएकी हुन्। आइतबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा दमारगाउँ निवासी ४० वर्षीया गायत्री भण्डारी जनकल्याण सामुदायिक बनमा धौटि जातको रुखमा चढेर घाँस काट्दै थिइन्। अचानक रुखबाट करिब पाँच मिटर तल खस्दा उनको ढाडमा … Continue reading रुखबाट लड्दा दमारगाउँ निवासी भण्डारी घाइते

थप पढ्नुहोस् »

क्यानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका छन्। क्यानले लगातार दुई वर्षसम्म उक्त अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता … Continue reading क्यानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

काठमाडौँ,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो तालिकासहित भ्रमणका लागि निमन्त्रणा पठाएसँगै नेपाल सरकार भ्रमण तयारीको अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमण पूर्वानुमानित थियो र अहिले मिति र द्विपक्षीय एजेन्डा टुंग्याउने तयारीमा छलफल भइरहेको छ। “प्रधानमन्त्रीको भारत भ्रमण … Continue reading प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

थप पढ्नुहोस् »

आगलागी हुँदा किराना पसल जलेर नष्ट

सर्केगाड,४ साउन। आगलागी हुँदा हुम्लामा किराना पसल जलेर नष्ट भएको छ ।सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए। स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको … Continue reading आगलागी हुँदा किराना पसल जलेर नष्ट

थप पढ्नुहोस् »

पार्किङ गरिएको बोलेरो रिभर्स जाँदा च्यापिएर दाङमा एकजनाको मृत्यु

दाङ, ४ साउन । दाङको लमहीमा पार्किङ गरिएको बोलेरो गाडी रिभर्स जाँदा एकजनाको च्यापिएर मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलीमा शुक्रबार बिहान करिब साढे ५ बजे दुर्घटना हुँदा सोही ठाउँका २१ वर्षीय राकेश कुमार बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर नजिकै पार्किङ … Continue reading पार्किङ गरिएको बोलेरो रिभर्स जाँदा च्यापिएर दाङमा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

मदिरा सेवनपछि एकआपसमा झगडा गर्दा दुईजना घाइते

दाङ,४ साउन । दाङमा मदिरा सेवन गरेर एकआपसमा झगडा गर्दा दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ गैरामा मदिरा सेवनपछि सामान्य विवाद झगडामा परिणत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। शनिबार राती साढे ९ बजे आपसमा झगडा हुँदा २६ वर्षीय खिमबहादुर गिरी र २२ वर्षीय लक्ष्मण बिकको टाउकोमा चोट लागेको जिल्ला … Continue reading मदिरा सेवनपछि एकआपसमा झगडा गर्दा दुईजना घाइते

थप पढ्नुहोस् »

एयरफोनको विषयमा विवाद भएपछि भान्जा र भाइ मिलेर प्रदीपको हत्या: गाडिएको अवस्थामा शव फेला

धनगढी, ३ साउन । धनगढीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका –१४ फूलवारीमा एक हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार ३५ वर्षीय गणेश गिरीको शव खाल्डोबाट निकालेको हो। उनी असार ३० गतेदेखि बेपत्ता थिए। प्रारम्भिक अनुसन्धान अनुसार एयरफोनको विषयमा भएको विवादका क्रममा १८ वर्षीय भान्जा प्रदीप बोहराले कुटपिट गर्दा … Continue reading एयरफोनको विषयमा विवाद भएपछि भान्जा र भाइ मिलेर प्रदीपको हत्या: गाडिएको अवस्थामा शव फेला

थप पढ्नुहोस् »

ब्रेक फेल हुँदा बस दुर्घटना: २३ जना घाइते

काठमाडौं , ३ साउन । बस दुर्घटना हुदा २३ यात्रु घाइते भएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका हुन् । रामेछापबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। बसमा ३२ जना … Continue reading ब्रेक फेल हुँदा बस दुर्घटना: २३ जना घाइते

थप पढ्नुहोस् »

हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १४ घाइतेमध्ये ४ जना नेपालगञ्ज रिफर

हुम्ला ,३ साउन ।हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडा नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घाइतेमध्ये चार जनालाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको … Continue reading हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १४ घाइतेमध्ये ४ जना नेपालगञ्ज रिफर

थप पढ्नुहोस् »