समाचार

तीन महिनामा ९३ जनाको मृत्युः२२ जना अँझै बेपत्ता

काठमाडौँ,१ साउन । मुलुकभर भएका विभिन्न विपद्जन्य घटना घटेका छन् । यसवर्षको वैशाख देखि असारसम्मको तीन महिनाको अवधिमा ९३ जनाको विपद्जन्य घटनामा परेर मृत्यु भएको छ । २२ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा मुलुकभर दुई हजार ६५ वटा प्राकृतिक विपद् घटना … Continue reading तीन महिनामा ९३ जनाको मृत्युः२२ जना अँझै बेपत्ता

थप पढ्नुहोस् »

सपिङ मलमा आगलागी,५० जनाको मृत्यु

एजेन्सी । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । ‘एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ’, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भने । आगलागी बुधबार … Continue reading सपिङ मलमा आगलागी,५० जनाको मृत्यु

थप पढ्नुहोस् »

ससुराली गएका प्रकाशको हत्या, दाजु निरोज गम्भीर घाइते

इलाम,१ साउन । इलामको सूर्योदय नगरपालिकामा गएराति ससुराली गएका एक युवकको हत्या गरिएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्। सूर्योदय नगरपालिका–१ शिरिसेमा बुधबार राति भएको घटनामा इलाम माइजोगमाई गाउँपालिका–२ का २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार प्रकाश आफ्ना ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली गएका … Continue reading ससुराली गएका प्रकाशको हत्या, दाजु निरोज गम्भीर घाइते

थप पढ्नुहोस् »

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौँ, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, लुतो फाल्ने र आफन्तसँग रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्। यही दिनदेखि सूर्य दक्षिणायन सुरु … Continue reading आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

थप पढ्नुहोस् »

११ कारण देखाउँदै जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन: (यस्ता छन् कारण)

काठमाडौँ,३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै अब पार्टीले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले सरकारको कार्यसम्पादनको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। जसपाले सरकारलाई दिएको समर्थनको औचित्य नरहेको ठहर गर्दै … Continue reading ११ कारण देखाउँदै जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन: (यस्ता छन् कारण)

थप पढ्नुहोस् »

एक लाख घुससहित मेयर साह पक्राउ

काठमाडौं, ३२ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले बुधबार मेयर साहलाई कार्यालयमै घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोग स्रोतका अनुसार उनले उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको सूचनाका आधारमा निगरानी राखिएको थियो। सिरहाको कल्याणपुर नगरपालिकाका मेयर … Continue reading एक लाख घुससहित मेयर साह पक्राउ

थप पढ्नुहोस् »

एउटै घरमा २३ वटा गोमन सर्प !

रुपन्देही,३२ साउन। रुपन्देहीमा विषालु गोमन सर्पको बिगबिगी देखिएको छ। तिलोत्तमा नगरपालिका–५ प्रेमनगर, बुटवल ११ देवसिद्धचोक र देवदह नगरपालिका ८ टटेराका विभिन्न घरहरूमा यत्रा विषालु गोमन सर्पहरू भेटिएका छन्। तिलोत्तमा प्रेमनगरका डिलाराम अर्यालको घरमा खाना पकाउँदै गर्दा उनलाई सर्पले डसेर अस्पताल भर्ना भएको थियो। घटनापछि घरमा सर्प खोजतलास गर्दा तीन दिनको अवधिमा २३ वटा गोमन सर्प … Continue reading एउटै घरमा २३ वटा गोमन सर्प !

थप पढ्नुहोस् »

अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन

दाङ,३२ असार । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङका रहेको खुलेको छ। जुलाई १३ तारिख शनिबार राति स्थानीय समयअनुसार ९ बजेतिर लुइसियाना राज्यको राजमार्ग ५०७ नजिक अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा … Continue reading अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन

थप पढ्नुहोस् »

नेपाल-भारत नाका बन्द

काठमाडौँ, ३२ असार। भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाका दुई प्रमुख नाका बन्द हुने भएका छन्। बैतडी र दार्चुला जिल्लाका सीमा नाका निर्वाचन अवधिमा अस्थायी रूपमा बन्द गरिने भएको हो। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचन हुँदैछ। निर्वाचनको सुरक्षालाई ध्यानमा … Continue reading नेपाल-भारत नाका बन्द

थप पढ्नुहोस् »

काठमाडौं जाँदै गरेको ट्रक सिमलतालमा दुर्घटना

काठमाडौं, ३२ साउन। मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा भारतबाट काठमाडौंतर्फ जादै गरेको एक मिनी ट्रक दुर्घटना भएको छ। यूपी ३२ जेडएन ७८८३ नम्बरको उक्त ट्रक चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा सडकबाट करिब ७०–८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटना गएराति १०:२५ बजे भएको थियो। … Continue reading काठमाडौं जाँदै गरेको ट्रक सिमलतालमा दुर्घटना

थप पढ्नुहोस् »