समाचार

नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं, ३ साउन । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम एपमा रोक लगाएको छ। अनलाइन ठगी र मनी लाउन्डरिङका घटनाहरू बढ्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि देशभर टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा समेत संलग्नता देखिएको … Continue reading नेपालमा टेलिग्राम एप बन्द

थप पढ्नुहोस् »

कमैया मुक्तिको २५ वर्ष :फेरि सिंहदरबार जानुपर्ने भयो : चौधरी

दाङ ।लुम्बिनी पूर्वमुख्यमन्त्री तथा मुक्त कमैया आन्दोलनका अगुवा डिल्लीबहादुर चौधरीले सरकारलाई तीन महिनाको अल्टिमेटम दिएका छन्। “जग्गा, रोजगारी र पुनर्स्थापनाको मुद्दा अझै अपूरो रहेको र सबै मुक्त भएका कमैयाको २५ बर्ष सम्म पनि पुनस्थापन हुन नस्कए बताए । यो अबस्थामा फेरी सरकार लाई घच्घचाउनु पर्ने अबस्था आएको छ । मुक्त कमैया समाज लुम्बिनिले २५ औ … Continue reading कमैया मुक्तिको २५ वर्ष :फेरि सिंहदरबार जानुपर्ने भयो : चौधरी

थप पढ्नुहोस् »

बंगलाचुलीमा लठ्ठी प्रहार गरी श्रीमतीको हत्या

दाङ, २साउन । दाङको बङ्गलाचुलीमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा घरायसी झगडाका कारण विवाद हुँदा श्रीमानले श्रीमतीको ज्यान लिएका हुन् । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार … Continue reading बंगलाचुलीमा लठ्ठी प्रहार गरी श्रीमतीको हत्या

थप पढ्नुहोस् »

दुर्घटनामा दैनिक ७ जनाको मृत्युु

काठमाडौँ  । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा परेर दैनिक औसतमा ७ जनाको मृत्यु हुने गरेको बताएका छन् । बिभिन्न कारणले हुने दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको अबस्था रहेको छ । सवारी साधन चलाउँदा पूर्वसावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दैनिक ७ जना पुगेको बताएका हुन् । राष्ट्रिय … Continue reading दुर्घटनामा दैनिक ७ जनाको मृत्युु

थप पढ्नुहोस् »

उच्च अदालतका न्यायाधीश लम्सालको राजीनामा

काठमाडौं,२ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलका अनुसार लम्सालले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्। ६२ वर्षीय लम्साल हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। उनी २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। अवकाश लिन अझै … Continue reading उच्च अदालतका न्यायाधीश लम्सालको राजीनामा

थप पढ्नुहोस् »

शैक्षिक हडतालका कारण विद्यालय तथा कलेज बन्द

काठमाडौं, २ साउन। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज देशका विभिन्न स्थानका विद्यालय र कलेजहरू बन्द भएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षामा भइरहेको निजीकरण अन्त्य, र शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसहित एक दिने आम शैक्षिक हडतालको घोषणा … Continue reading शैक्षिक हडतालका कारण विद्यालय तथा कलेज बन्द

थप पढ्नुहोस् »

भाडाको कोठामा लागुऔषध कारोबार: सुट्केसबाट ओसारपसार गर्थिन निकुले

काठमाडौं, १ साउन। लागुऔषध नियन्त्रण ब्युरोले एक महिलालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ। मोरङको बेलबारी–३ स्थायी घर भई हाल काठमाडौंको बालाजुमा बस्दै आएकी ३२ वर्षीया निकु राई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ परेकी हुन्। ब्युरोका अनुसार उनले भाडामा लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र १२ किलो ५०० ग्राम गाँजा बरामद गरिएको हो। … Continue reading भाडाको कोठामा लागुऔषध कारोबार: सुट्केसबाट ओसारपसार गर्थिन निकुले

थप पढ्नुहोस् »

दाङमा किसान ठग्ने व्यापारी पक्राउ: ग्रामीण बस्तीमा पुगेर राँगाभैंसी खरिदबिक्री गर्ने गर्दथे मोहम्मदले

दाङ, १ साउन।दाङमा राँगा खरिद गर्ने निहुँमा किसानलाई ठग्दै हिँड्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गढवा गाउँपालिका–४ पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेनाले जानकारी दिए। प्रहरीका अनुसार मुसलमानले विभिन्न गाउँबाट दर्जनौं राँगा भैँसी उधारोमा लिएर पैसा नतिरी फरार हुँदै आएका थिए। दंगीशरण … Continue reading दाङमा किसान ठग्ने व्यापारी पक्राउ: ग्रामीण बस्तीमा पुगेर राँगाभैंसी खरिदबिक्री गर्ने गर्दथे मोहम्मदले

थप पढ्नुहोस् »

दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

दाङ, १साउन । पश्चिम दाङको दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा एक प्रहरी जवानसहित दुईजना घाइते भएका छन्। दंगीशरण गाउँपालिका–१ बाँकीमा बिहीबार भएको दुर्घटनामा परेर उनीहरू घाइते भएका हुन्। आज दिउँसो पौने ३ बजेतिर बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर दंगीशरण–१, रहरपुर निवासी २५ … Continue reading दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

थप पढ्नुहोस् »

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ,१ साउन । अमेरिकी राज्य अलास्काको तटमा बुधबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पपछि अलास्काको तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिए पनि केही घण्टामै फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। भूकम्प स्यान्ड पोइन्ट टापु नजिकै, समुद्र सतहबाट करिब १२ माइल गहिराइमा गएको हो। भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी )गएको … Continue reading अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »