समाचार

सुरक्षित तुलसीपुरका लागि माछापुच्छ्रे बैंकको सहयोग

दाङ, २९ असार । माछापुच्छ्रे बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानका लागि ५० हजार रुपैयाँको चेक सहयोग गरेको छ। आइतबार आयोजित कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख ललित भाटले ५० हजार रुपैयाँ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलाई हस्तान्तरण गरेका छन् । शाखा प्रमुख भाटले प्रविधिमैत्री र सुरक्षित तुलसीपुर निर्माणमा सहकार्य गर्न पाउँदा … Continue reading सुरक्षित तुलसीपुरका लागि माछापुच्छ्रे बैंकको सहयोग

थप पढ्नुहोस् »

तुलसीपुर क्षेत्रमा विद्युत समस्या छैन : प्रमुख महतो

दाङ,२९ असार । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महतोले तुलसीपुर क्षेत्रमा सामान्य प्राविधिक समस्या बाहेक ठूलो किसिमको विद्युत समस्या नरहेको बताएका छन्। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । “तुलसीपुर र आसपासका क्षेत्रमा ठूला समस्या छैनन्। उनले भने -“नाङ्गो तार रुखका … Continue reading तुलसीपुर क्षेत्रमा विद्युत समस्या छैन : प्रमुख महतो

थप पढ्नुहोस् »

दाङमा सर्पले टोक्दा २२ महिने बालकको मृत्यु

दाङ, २९ असार। दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पको टोकाइबाट २२ महिनाका एक बालकको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीय नुरज परियारका २२ महिनाका छोरा एनिस परियार रहेका छन् । बालक एनिसलाई आज (आइतबार) दिउँसो सवा ४ बजे आफ्नै घरभित्र खेलिरहेका बेला नाम नखुलेको सर्पले डसेको … Continue reading दाङमा सर्पले टोक्दा २२ महिने बालकको मृत्यु

थप पढ्नुहोस् »

२हजार ५सय ९८ एम्पुल “लागुऔषध”सहित दुई महिला पक्राउ

तनहुँ, २९ असार । प्रहरीले २ हजार ५ सय ९८ एम्पुलसहित दुई महिलालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डबाट ठूलो मात्रामा नियन्त्रित लागुऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सवारीसाधन र पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका–५ … Continue reading २हजार ५सय ९८ एम्पुल “लागुऔषध”सहित दुई महिला पक्राउ

थप पढ्नुहोस् »

जुवातास खेलिरहेका छजना पक्राउ

तनहुँ,२९ असार । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छजनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको म्याग्दे गाउँपालिका- ५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रुपैयाँ र तास ४ बुक सहित … Continue reading जुवातास खेलिरहेका छजना पक्राउ

थप पढ्नुहोस् »

मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान

कञ्चनपुर, २९ असार। भारतमा मजदुरी गरेर कमाएको पैसाले पक्की घर बनाएकी थिइन् कमला आउजीले। महिनावारीको समयमा छाउगोठमा सुत्न बाध्य भएकी उनी त्यही गोठमै सधैंका लागि ओझेल परिन्। जसोतसो गरेर बनाएको घर उनलाई काम लागेन । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा श्रीमानसँगै भारतबाट फर्किएकी हुन्। घर फर्केर छोरालाई विद्यालय भर्ना गराएकी थिइन्। … Continue reading मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान

थप पढ्नुहोस् »

नागरिकता किर्ते अभियोगमा फरार वडाध्यक्ष ७ महिनापछि पक्राउ

काठमाडौं,२९ असार ।नागरिकतामा किर्ते गरेको अभियोगमा फरार रहेका वडा अध्यक्ष पक्राउ परेका छन्। धादिङको धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी सात महिनापछि पक्राउ परेका छन्। सुवेदीलाई शनिबार काठमाडौँको कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनीविरुद्ध सार्वजनिक किर्ते मुद्दा दर्ता भई जिल्ला अदालत धादिङमा विचाराधीन रहेको छ। सुवेदीमाथि उमेर नपुगेको नाबालकलाई बालिग … Continue reading नागरिकता किर्ते अभियोगमा फरार वडाध्यक्ष ७ महिनापछि पक्राउ

थप पढ्नुहोस् »

दुई क्विन्टल बढी गाँजासहित २३ वर्षीय युवक पक्राउ

काठमाडौं, २९ असार । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेका छन्। उनलाई शुक्रबार राति (असार २८ गते) विशेष सूचनाका आधारमा गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी … Continue reading दुई क्विन्टल बढी गाँजासहित २३ वर्षीय युवक पक्राउ

थप पढ्नुहोस् »

कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँ,२९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्य भन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागमा सामान्यतया बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम … Continue reading कहाँ कहाँ पर्दैछ पानी ?

थप पढ्नुहोस् »

काठमाडौंबाट दाङ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: २६ घाइते, तीनको अवस्था गम्भीर (विवरणसहित)

कपिलवस्तु,२९ असार । काठमाण्डौबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको छ्। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। … Continue reading काठमाडौंबाट दाङ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: २६ घाइते, तीनको अवस्था गम्भीर (विवरणसहित)

थप पढ्नुहोस् »