समाचार

तुलसीपुरमा बलात्कार आरोपमा युवक पक्राउ

दाङ, २८ असार। बलात्कारको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का ३५ वर्षीय बीर बहादुर वली रहेका छन्। उनी हाल तुलसीपुरमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार २०८१ साल वैशाख १४ गते राति ११ बजे एक २८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा वलीलाई पक्राउ गरिएको … Continue reading तुलसीपुरमा बलात्कार आरोपमा युवक पक्राउ

थप पढ्नुहोस् »

सरकार साझेदारीमै अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ ,२८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सत्तासाझेदारीको सहमति अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन्। कनकाई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र (धनीपूर्जा) वितरण कार्यक्रममा बोल्दै उनले सरकारबारे भइरहेका विभिन्न अड्कलबाजीलाई खारेज गरे। “सरकार ढल्छ भनेर कराउनेहरूले जे भने पनि हामी सहमतिअनुसार सत्तागठबन्ध (सत्तासाझेदारी) मा अघि बढिरहेका छौं,” प्रधानमन्त्री … Continue reading सरकार साझेदारीमै अघि बढ्छ : प्रधानमन्त्री ओली

थप पढ्नुहोस् »

डलर साट्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं,२८ असार । डलर साटिदिन्छु भनेर ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ उर्फ कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ उर्फ सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर उर्फ सन्तबिर पाइन, र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ … Continue reading डलर साट्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ

थप पढ्नुहोस् »

हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण

हुम्ला, २८ असार। सिमकोट विमानस्थल पुनः चलायमान बनेको छ। शुक्रबार मात्रै विमानस्थलमा १६४ उडान–अवतरण भएका छन्। कोरोना महामारीपछि प्रायः सुनसानजस्तै देखिने यो विमानस्थलमा शुक्रवार यति ठूलो संख्यामा उडान भएका सिमकोट नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ। नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ फ्लाइट भएका छन् भने सिमकोट विमानस्थलबाट हिल्सा नाका जोड्ने हेलिकप्टरका ५० … Continue reading हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण

थप पढ्नुहोस् »

रोटरी क्लब र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व

दाङ,  ।  रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व चयन भएको छ।  वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको हो। तुलसीपुरका  ब्यसायी सन्दीपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र  आकाश  सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर को अध्यक्ष मा चयन भएका छ । बर्ष २०२५ / ०२६ का लागि अध्यक्षमा चयन … Continue reading रोटरी क्लब र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व

थप पढ्नुहोस् »

तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालन

दाङ, २८ असार। दाङको तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित रजौरामा उक्त कलेक्सन सञ्चालनमा आएको हो। महिला अधिकारकर्मी तथा नेतृ सुष्मा लामिछाने गिरी सहित चार जनाको संयुक्त लगानीमा उक्त कलेक्सन सञ्चालनमा ल्याइएको हो । गिरिसहित सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको करिब १० लाख रुपैयाँ लगानीमा पसल संचालन … Continue reading तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालन

थप पढ्नुहोस् »

इरानको मिसाइल आक्रमणले कतारस्थित अमेरिकी बेसमा क्षति

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले इरानको हवाई आक्रमणका कारण कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा केही क्षति पुगेको जनाएको छ। मन्त्रालयका प्रवक्ता सीन पार्नेलका अनुसार २३ जुनमा भएको घटनामा अमेरिका र कतारको संयुक्त वायु रक्षा प्रणालीले अधिकांश इरानी क्षेप्यास्त्रहरू नष्ट गर्न सफल भए पनि एउटा ब्यालिस्टिक क्षेप्यास्त्र भने एयर बेसमा खसेको थियो। उनले बताएअनुसार … Continue reading इरानको मिसाइल आक्रमणले कतारस्थित अमेरिकी बेसमा क्षति

थप पढ्नुहोस् »

रोटरी र रोट्र्याक्टको पदस्थान्तरण:समाजसेवा र नेतृत्व विकासमा जोड

दाङ, २८ असार । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त पदस्थान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। नव अध्यक्षहरू सन्दीपन रिजाल र आकाश सिंहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामाजिक संघ–संस्थाले नेतृत्व विकाससँगै समाजसेवामा महत्वपूर्ण योगदान … Continue reading रोटरी र रोट्र्याक्टको पदस्थान्तरण:समाजसेवा र नेतृत्व विकासमा जोड

थप पढ्नुहोस् »

जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बैतडी, २८ असार। बैतडीमा जीप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बैतडीको पाटन–६ स्थित खिपालीमा शनिबार बिहान जीप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४–००१ज १३७२ नम्बरको जीप बिहान साढे ५ बजे सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा डिलासैनी … Continue reading जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

थप पढ्नुहोस् »

घास काट्न गएका पदमको बाघको आक्रमणबाट मृत्यु

चितवन,२७ असार । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३, गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो । मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।  खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला … Continue reading घास काट्न गएका पदमको बाघको आक्रमणबाट मृत्यु

थप पढ्नुहोस् »