समाचार

मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ,१८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धुलिखेलमा खरिदार कार्यरत पदमा कार्यरत ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । काभ्रेपलाञ्चोकको दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको … Continue reading मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ

थप पढ्नुहोस् »

ड्रोन मार्फत फोहोर संकलन

काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी यो कार्य थालेको हो। साइमक्स इन्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट करिब एक हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ। बीवाईडीले विश्वव्यापी रूपमा ‘कूल … Continue reading ड्रोन मार्फत फोहोर संकलन

थप पढ्नुहोस् »

अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौँ,१८ भदौ । किसानका लागि वितरण गर्न पठाएको मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको दुईसय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै … Continue reading अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

थप पढ्नुहोस् »

कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

काठमाडौं, १८ भदौ । मुस्ताङको जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य भएका छन्। कारागार भवनका दुई कोठामा कैदीबन्दी र तीन कोठामा सुरक्षाकर्मी बस्दै आएका छन्। एउटै संरचनामा दुवैको बसाइँ हुँदा सुरक्षा चुनौतीसँगै विभिन्न समस्या देखापरेको छ। ढुंगा र माटोले बनेको करिब आधा शताब्दी पुरानो कारागार भवनमा छत चुहिने समस्या बढेपछि जस्ताले छाउनुपरेको … Continue reading कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

थप पढ्नुहोस् »

विद्यालय हिँडेका दुई किशोरी बेपत्ता

काठमाडौँ,१८ भदौ । विद्यालय जान घरबाट निस्किएका दुई किशोरी बेपत्ता भएका छन् । चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा बस्दै आएका दुई किशोरी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १५ वर्षीया निर्मला रानामगर र १४ वर्षीया न्यान्सी बिसुरुवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए। निर्मला र न्यान्सी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। … Continue reading विद्यालय हिँडेका दुई किशोरी बेपत्ता

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै

काठमाडौँ,१८ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै … Continue reading प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै

थप पढ्नुहोस् »

वरिष्ठ गायिका इन्दिरा गोलेको निधन

काठमाडौँ,१८ भदौ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी गायिका गुरुङको बुधबार बिहान २ बजे निधन भएको हो । ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए । इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । … Continue reading वरिष्ठ गायिका इन्दिरा गोलेको निधन

थप पढ्नुहोस् »

नेपाल टेलिकमको सिआरबिटी सेवा बन्द

काठमाडौ,१७ भदौ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा बन्द गरेको हो । प्राविधिक समस्या आएपछि उक्त सेवा बन्द गर्नुपरेको टेलिकमले बताएको छ । साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।

थप पढ्नुहोस् »

निजामती विधयेक पारित

काठमाडौँ,१७ भदौ । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो। त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री … Continue reading निजामती विधयेक पारित

थप पढ्नुहोस् »

हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व

काठमाडौँ, १७ भदौ । पछिल्लो वर्ष नेपालका हिमाल आरोहण गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभागका अनुसार विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको छ। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल ९८,५५६ मिटर० मा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र … Continue reading हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व

थप पढ्नुहोस् »