समाचार

जसपा नेपालले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्ने

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन तथा आर्थिक सुधारमा पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने सम्भावनाको संकेत गरेको हो। बैठकपछि … Continue reading जसपा नेपालले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्ने

थप पढ्नुहोस् »

ज्ञान ज्योति मावि ‘स्कुल अफ दि इयर’ अवार्डबाट सम्मानित

दाङ, ९ असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयलाई ‘नेशनल एजुकेसन अवार्ड २०२५’ अन्तर्गत ‘स्कुल अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ। असार ७ गते काठमाडौंमा फोकस नेपाल संस्थाद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू” विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान तथा विशेष सांस्कृतिक समारोहका अवसरमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो। विद्यालयको उत्कृष्ट … Continue reading ज्ञान ज्योति मावि ‘स्कुल अफ दि इयर’ अवार्डबाट सम्मानित

थप पढ्नुहोस् »

करेन्ट लागेर १० खच्चर मरे, स्थानीयद्वारा क्षतिपूर्तिको माग

मुगु ,९ असार । विद्युत् चुहावटका कारण १० वटा खच्चर मरेका छन्। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर खच्चर मरेका हुन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट करेन्ट लागेको थियो। छायानाथ–१ का कन्नबहादुर मल्लका अनुसार कम क्षमताको ट्रान्समिटर जडान … Continue reading करेन्ट लागेर १० खच्चर मरे, स्थानीयद्वारा क्षतिपूर्तिको माग

थप पढ्नुहोस् »

चट्याङ लागेर ४८ वर्षीय गणेशाको मृत्यु

रुकुम पश्चिम,९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो। आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । चट्याङका कारण … Continue reading चट्याङ लागेर ४८ वर्षीय गणेशाको मृत्यु

थप पढ्नुहोस् »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्व ७४ करोड बजेट पारित: ४ सय शैयाको बनाइदै

दाङ,८ असार । विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक बसेको छ। बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४ सय शैयाको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्व ७४ करोड बजेट पारित: ४ सय शैयाको बनाइदै

थप पढ्नुहोस् »

वडादेखि केन्द्रसम्मका सत्ताधारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौँ,८ असार।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि वडा स्तरदेखि केन्द्रसम्म सत्तामा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव कांग्रेस पार्टीबाटै पारित गरिनुपर्नेमा जोड दिए। थापाले देशले विश्वास गर्ने नेतृत्वको जिम्मेवारीमा छानबिन आयोग बनाइनुपर्ने र त्यसले जोसुकैलाई … Continue reading वडादेखि केन्द्रसम्मका सत्ताधारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ : गगन थापा

थप पढ्नुहोस् »

मुग्लिन–सडक खण्ड रातिको समयमा बन्द नहुने

काठमाडौँ,८ असार ।मुग्लिन–मलेखु सडक खण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा(मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, … Continue reading मुग्लिन–सडक खण्ड रातिको समयमा बन्द नहुने

थप पढ्नुहोस् »

टाटासुमो र मोटरसाइकल ठोक्किदा आगलागी: मोटरसाइकलमा सवार नरेशको मृत्यु

पर्सा ,८ असार ।पर्सामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीस्थित गण्डक नहर सडकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भारतीय नम्बर प्लेट (बीआर ०१ पिए ४४९९) को टाटासुमो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किएर सडक छेउको निर्माणाधीन नहरमा खसेका थिए। नहरमा खसेपछि … Continue reading टाटासुमो र मोटरसाइकल ठोक्किदा आगलागी: मोटरसाइकलमा सवार नरेशको मृत्यु

थप पढ्नुहोस् »

पैसा नपाएको रिसमा भाउजुको हत्या गरे, बोकेर नालीमा फाले

कैलाली,८ असार । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिला मृत फेला परेकी थिइन् । १६ दिनअघि शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका आफ्नै देवर नवीन नाथ पक्राउ परेका छन्। अनुसन्धानमा हत्याको कारण पैसाको लेनदेनप्रति असन्तुष्टि र भाउजुसँगको पारिवारिक तनाव रहेको खुलेको छ। प्रहरीका अनुसार मृतक तुलसीको शव ३ दिनअघि बिहान घरनजिकैको … Continue reading पैसा नपाएको रिसमा भाउजुको हत्या गरे, बोकेर नालीमा फाले

थप पढ्नुहोस् »

यात्रु बोकेर उडिरहेको बेलून फुट्दा ८ जनाको मृत्यु

एजेन्सी । यात्रु बोकेर उडिरहेको बेलुन फुट्दा आठ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा शनिबार २१ यात्रु बोकेको हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको हो । राज्यको अग्नि नियन्त्रण विभागका अनुसार बिहान सबेरै उडानका क्रममा पर्यटन बेलुनमा आगो लाग्दा प्रेया ग्रान्डे सहरमा खसेको हो।  अग्नि नियन्त्रण विभागका अनुसार बाँचेका … Continue reading यात्रु बोकेर उडिरहेको बेलून फुट्दा ८ जनाको मृत्यु

थप पढ्नुहोस् »