समाचार

जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको सम्भावना छ: चीनको अध्य्यन

काठमाडौं, ५ असार । नेपालका ऊर्जा स्रोतहरूमा विविधता ल्याउने ठूलो सम्भावनाको संकेत दिंदै चीनको प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक निष्कर्ष दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार यो मिथेन ग्याँस हो भन्ने पनि पुष्टि भएको छ, जसले नेपाललाई करिब ५० वर्षसम्म ऊर्जा आवश्यकतामा राहत दिने … Continue reading जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको सम्भावना छ: चीनको अध्य्यन

थप पढ्नुहोस् »

ईरानमाथि सम्भावित सैन्य कारवाहीबारे ट्रम्पको सैद्धान्तिक सहमति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य आक्रमण गर्ने योजनामा सैद्धान्तिक सहमति जनाएका छन्। तर उनले अझै अन्तिम निर्णय भने गरेका छैनन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, यदि ईरानले आफ्नो परमाणु कार्यक्रम तत्काल बन्द गर्ने प्रतिबद्धता जनायो भने सम्भावित आक्रमण रोक्न सकिने छ। सीबीएस न्यूजले एक वरिष्ठ खुफिया स्रोतलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। यसअघि … Continue reading ईरानमाथि सम्भावित सैन्य कारवाहीबारे ट्रम्पको सैद्धान्तिक सहमति

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालन

दाङ,५ असार । दाङको तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित क लाइनमा सञ्चालक विजय ओलीले झण्डै ५० लाखको लगानीमा मोबाइल तथा मोबाइल सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यसहित पसल सञ्चालनमा ल्याएका हुन्। स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ आफूले व्यवसाय सुरु गरेको बताउँदै सञ्चालक ओलीले भने, “दशौँ हजार युवाहरू रोजगारीको खोजीमा … Continue reading तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालन

थप पढ्नुहोस् »

वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण

हेटौँडा, ४ असार । हेटौडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष माथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ। वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपाने माथि कार्यकक्षमै आक्रमण भएको हो। बुधबार दिउँसो करिब ३ बजेतिर कालो पोशाकमा मोटरसाइकल चढेर आएका चारजनाको समूहले वडाध्यक्ष न्यौपानेलाई कार्यालयमै प्रवेश गरी कुटपिट गरेका हुन्। आक्रमणपछि उनी घाइते भएका छन् भने … Continue reading वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण

थप पढ्नुहोस् »

लुम्बिनीमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

दाङ,४ असार । मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा केही दिनभित्र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशसँगै लुम्बिनीमा पनि ठूलो पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। अहिले लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँके, बर्दिया, रूपन्देही, पाल्पालगायतका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको … Continue reading लुम्बिनीमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

नगर प्रहरी प्रमुख पाण्डेको निलम्बनमा रोक

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले बुधबार पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशपछि अब उनको निलम्बन तत्काल लागु हुने छैन। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय … Continue reading नगर प्रहरी प्रमुख पाण्डेको निलम्बनमा रोक

थप पढ्नुहोस् »

पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको हो। चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार रेडपाण्डाको शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो। “एक सातादेखि बिरामी थियो, खानेकुरा कम खान थालेको थियो,” उनले भने, … Continue reading पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

थप पढ्नुहोस् »

राष्ट्रपतिद्वारा विधेयक पारित

काठमाडौं,४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको एक विधेयक प्रमाणीकरण गरेका छन् । उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् … Continue reading राष्ट्रपतिद्वारा विधेयक पारित

थप पढ्नुहोस् »

विमानस्थलबाट १ किलो बढी सुनसहित एक भारतीय महिला पक्राउ

काठमाडौं,४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ। उनी मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी थिइन्। विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेलमा संका लागेर जाँच गरिएको थियो। जाँचका क्रममा प्लास्टिकले र्‍याप गरिएको अर्धठोस … Continue reading विमानस्थलबाट १ किलो बढी सुनसहित एक भारतीय महिला पक्राउ

थप पढ्नुहोस् »

घोराहीको साई मन्दिर टोलमा बाढी

दाङ,४ असार,। दाङको घोराहीस्थित साई मन्दिर टोलमा बाढी पसेको छ। ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो । घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्रायस् सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए । उनका अनुसार दर्जनौं … Continue reading घोराहीको साई मन्दिर टोलमा बाढी

थप पढ्नुहोस् »