समाचार

सप्तकोशी बस दुर्घटना :  २० जनाको उद्धार (अपडेट)

दाङ, १० असाेज । कोशी ब्यारेज बाट सप्तकोशी नदीमा खसेको  बसमा रहेका  २० जना यात्रुलाई उद्धार गरिएको छ। विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस  कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो ।  मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।  उद्धार गरिएका  घाइतेलाई उपचारका … Continue reading सप्तकोशी बस दुर्घटना :  २० जनाको उद्धार (अपडेट)

थप पढ्नुहोस् »

काेशी ब्यारेजबाट बस खस्यो

दाङ, १० असाेज ।  काेशी ब्यारेजबाट यात्रु बहक बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण … Continue reading काेशी ब्यारेजबाट बस खस्यो

थप पढ्नुहोस् »

सुरक्षीत भवन निर्माण आवश्यक:गृहमन्त्री लेखक

काठमाडौं,१० असोज। गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०द्वारा बिहीबार राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए । उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक … Continue reading सुरक्षीत भवन निर्माण आवश्यक:गृहमन्त्री लेखक

थप पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचन: मंसिर २ मा उम्मेदवारी दर्ता

काठमाडौ,१० असोज। स्थानीय तहको उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । बिहीबार निर्वाचन आयोगले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने जनाएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म … Continue reading स्थानीय तह उपनिर्वाचन: मंसिर २ मा उम्मेदवारी दर्ता

थप पढ्नुहोस् »

रेड नोटिस जारी भएका तीनजना पक्राउ

काठमाडौँ,१० असोज । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्की छन् । अन्तरराष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दामा फरार थिए । … Continue reading रेड नोटिस जारी भएका तीनजना पक्राउ

थप पढ्नुहोस् »

हवाई उडान प्रभावित

काठमाडौँ,१० असोज । मौसम प्रतिकूल भएपछि हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका … Continue reading हवाई उडान प्रभावित

थप पढ्नुहोस् »

बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता खाद्य सामग्री बेच्ने गरेको भेटिएको हो। त्यति मात्र होइन बिक्री वितरणका लागि राखिएका खाद्य सामग्रीहरू कहाँबाट कहिले र कति मूल्यमा खरिद गरिएको हो त्यसको सूची … Continue reading बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

थप पढ्नुहोस् »

बिहीबारदेखी देशभर मौसम बदली

काठमाडौं,९ असोज ।नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ‘बङ्गालको खाडीबाट प्रवाह … Continue reading बिहीबारदेखी देशभर मौसम बदली

थप पढ्नुहोस् »

माओवादीले तोक्यो प्रदेश समिती इन्चार्ज

कञ्चनपुर ,९ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए । उनका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर … Continue reading माओवादीले तोक्यो प्रदेश समिती इन्चार्ज

थप पढ्नुहोस् »

चट्याङ लाग्दा एकजनाको मृत्यु दुई घाइते

दाङ असोज चट्याङ लाग्दा दाङमा एकजनाको मृत्यु भएको छ ।दुईजना घाइते भएका छन्। मंगलबार चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ । एकैपरिवारका ३ जना मध्ये बालक समिरको मुत्यु भएको हो । आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते छन् । … Continue reading चट्याङ लाग्दा एकजनाको मृत्यु दुई घाइते

थप पढ्नुहोस् »