समाचार

ब्राउन सुगरसहित २ जना पक्राउ

बांके,१३ पुस। लागुऔषध ब्राउन सुगर सहित प्रहरीले दुईजनालाइ पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई बाँकेबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज- १३ का ४० वर्षीय हिस कवाडिया र नेपालगञ्ज- १६ जयसपुरका ४० वर्षीय बदरुदिन जसगढ छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान … Continue reading ब्राउन सुगरसहित २ जना पक्राउ

थप पढ्नुहोस् »

त्रिविका १४ हजार बढि विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ,१३ पुस । आज त्रिभुवन विश्वविद्यालयको ५० ‍औं दीक्षान्त समारोह हुँदैछ।त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहलाई स्वर्ण महोत्सवका रुपमा मनाउँदै छ । दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ।समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् … Continue reading त्रिविका १४ हजार बढि विद्यार्थी दीक्षित हुँदै

थप पढ्नुहोस् »

हुम्लामा फेरी हिमपातः किसान खुशी

सिमीकोट,१३ पुस । हिमाली जिल्ला हुम्लामा फेरी हिमपात भएको छ । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भएको हो । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ … Continue reading हुम्लामा फेरी हिमपातः किसान खुशी

थप पढ्नुहोस् »

स्थापना दिवसमा तुलसीपुर नगर जेसिजको दीप प्रज्वलन

दाङ,१२ पुस। तुलसीपुर नगर जेसिजले स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। तुलसीपुर बजारस्थित जेसीज चोकमा दीप प्रज्वलन गर्दै संस्थाको १२ औं स्थापना दिवस मनाएको हो। जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको दप प्रज्वलन कार्यक्रममा सहभागीहरुले सामाजिक सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्। संस्था स्थापनाको मूल्य मान्यता र मर्मलाई आत्मसाथ गर्दै आगामी दिनमा … Continue reading स्थापना दिवसमा तुलसीपुर नगर जेसिजको दीप प्रज्वलन

थप पढ्नुहोस् »

एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै ज्ञानज्योति च्याम्पियन बनेको हो। एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन … Continue reading एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

थप पढ्नुहोस् »

सल्यानमा फोर्सगाडी दुर्घटना

सल्यान,१२ पुस। सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटना हुदा एकजना गम्भीर घाइते भएका छन् । शितलनेटा, खैरागाड हुँदै खार्वन जाने सडकखण्डमा लु २ ख ६८७८ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो। गाडी लाँखर र खैरागाडतर्फ छुट्ने मोडमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको थप विवरण आउन बाकी छ।

थप पढ्नुहोस् »

नक्कली डाक्टर बनेर लुटपाट

काठमाडौं ,१२ पुस। नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ … Continue reading नक्कली डाक्टर बनेर लुटपाट

थप पढ्नुहोस् »

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं,१२ पुस। पत्रकारितामा आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। प्रेस काउन्सिलले पत्रकार आचार संहिता उल्लङ्घन गरेका दुई अनलाइन सञ्चारमाध्यम डिओपोष्ट डट्कम र हेर्दाहेर्दै डट कमलाई कालोसूचीमा राखी कारबाही गरेको हो। दियोपोष्टले व्यक्तिको चरित्र हत्या गर्ने, धम्कीपूर्ण व्यवहार गर्ने, र बार्गेनिङ गर्ने जस्ता काम गरेको भन्दै कारबाही गरिएको हो। यसविरुद्ध … Continue reading आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

थप पढ्नुहोस् »

क्यानबाट विदाई हुँदै प्रमुख प्रशिक्षक मोन्टी

काठमाडौं,१२ पुस। । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो । देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले … Continue reading क्यानबाट विदाई हुँदै प्रमुख प्रशिक्षक मोन्टी

थप पढ्नुहोस् »

भेरी–बबई डाइभर्सनको काममा तीव्रता दिन मुख्यमन्त्रीको आग्रह

बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका छन् … Continue reading भेरी–बबई डाइभर्सनको काममा तीव्रता दिन मुख्यमन्त्रीको आग्रह

थप पढ्नुहोस् »