समाचार

चट्याङ लागेर १० महिला घाइते

कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा जुटिरहेका महिलाहरू चट्याङ लागेर घाइते भएका हुन्। चौधरीको घरको अगाडि अमट्टाको रुख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका … Continue reading चट्याङ लागेर १० महिला घाइते

थप पढ्नुहोस् »

एक बोतल पानीको मूल्य २० रूपैयाँ,बढी रकम लिएमा कारबाही हुने

दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी रकम लिएमा कारबाही गरिने समेत जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्रशासनले एक लिटर बोतलको पानीलाई … Continue reading एक बोतल पानीको मूल्य २० रूपैयाँ,बढी रकम लिएमा कारबाही हुने

थप पढ्नुहोस् »

प्रेम सम्बन्धमै रहेका युवकलाई महिलाको हत्या आरोप

दाङ , २७ साउन । रुकुम पश्चिममा प्रेम सम्बन्धामा रहेकी एक महिलाको हत्या भएको खुलेको छ । रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको हो । साउन २३ गते  सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरकी ४९ बर्षीया सुशीला मल्लको हत्या भएको अबस्थामा शब आफ्नै घरको कोठामा भेटिएको … Continue reading प्रेम सम्बन्धमै रहेका युवकलाई महिलाको हत्या आरोप

थप पढ्नुहोस् »

पाटी नेतृत्व छोड्न प्रचण्डलाई जनार्दनको सुझाब

दाङ, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन्।शनिबारबाट सुरू भएको स्थायी समिति बैठकमा उनले अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति … Continue reading पाटी नेतृत्व छोड्न प्रचण्डलाई जनार्दनको सुझाब

थप पढ्नुहोस् »

बाढी पहिरोका कारण ५० परिवार विस्थापित

बागलुङ, २७ साउन । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ कोब नयाँबस्ती र वडा १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण … Continue reading बाढी पहिरोका कारण ५० परिवार विस्थापित

थप पढ्नुहोस् »

खोलामा डुबेर एक बालकको मृत्यु

दाङ , २७ साउन । खोलामा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बिष्णुपुर निवासी ११ बर्षीय अनिष विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बौलाह खोलामा साथीहरूसंग नुहाउन गएका गएको अवस्थामा शनिवार दिउँसो खोलामा डुबेर बालकको मृत्यु भएको हो … Continue reading खोलामा डुबेर एक बालकको मृत्यु

थप पढ्नुहोस् »

पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’

दाङ,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका पाँचवटा प्रदेशमा ‘क्लोज क्याम्प’ जारी राखेको छ । रास्वपाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको हो ।रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो । उक्त कार्यशालामा पार्टीको वैचारिक, … Continue reading पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’

थप पढ्नुहोस् »

कालाखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

दाङ,२६ साउन । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । … Continue reading कालाखोलामा बस दुर्घटना हुँदा तीनजना घाइते

थप पढ्नुहोस् »

पेस्तोलसहित दुइ युवक पक्राउ

सुर्खेत, २६ साउन । सुर्खेतमा पेस्तोल सहित दुइ युवक पक्राउ परेका छन् । जिल्लाको चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर थापा रहेको प्रहरीले बताएको छ । पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले … Continue reading पेस्तोलसहित दुइ युवक पक्राउ

थप पढ्नुहोस् »

३१ हजार बालबालिका आफै घरमूली

काठमाण्डौ,२६ साउन । देशभरका ३१ हजार बालबालिका आफै घरमूलीको रुपमा रहेको एक तथ्यांकले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५ सय १२ बालबालिका परिवारको मूली रहेका छन् । देशभर ६६ लाख ६० हजार ८४१ परिवार रहेकामा ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको हो । घरमा अभिभावक … Continue reading ३१ हजार बालबालिका आफै घरमूली

थप पढ्नुहोस् »