समाचार

नारायणी नदीमा ३ वटा शव फेला

नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो । शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

थप पढ्नुहोस् »

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा सोमबार राति आएको पहिरोले घर पुरिदा सल्ली बिसुनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी … Continue reading पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

थप पढ्नुहोस् »

कैलाली र कंचनपुरका ६४१ परिवार विस्थापित

धनगढी,२४ असार । वर्षासँगै आएको बाढी र डुवानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुवानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६सय ४१ परिवारका २हहार ३ सय १५ जनालाई सुरक्षित … Continue reading कैलाली र कंचनपुरका ६४१ परिवार विस्थापित

थप पढ्नुहोस् »

देशभर ३८प्रतिशत बढी धान रोपाइ

काठमाडौँ,२४ असार । यसवर्ष देशभर ३८ प्रतिशत भन्दा बढी धान रोपाइ भएको छ। समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ … Continue reading देशभर ३८प्रतिशत बढी धान रोपाइ

थप पढ्नुहोस् »

हिमाल एकेडेमीमा  खुला रक्तदान

दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ। स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम गर्नका लागि विद्यार्थीहरूले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। रगत अभावलाई पूर्ति गरी बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सर्कलले बताएको छ। … Continue reading हिमाल एकेडेमीमा  खुला रक्तदान

थप पढ्नुहोस् »

तुलसीपुरमा बाघको आक्रमणमा परि ३ महिला घाइते

दाङ,२४ असार । दाङको तुलसीपुरमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया … Continue reading तुलसीपुरमा बाघको आक्रमणमा परि ३ महिला घाइते

थप पढ्नुहोस् »

फौजदारी न्याय प्रशासन सुझाव प्रतिवेदन पेश

काठमाडौं,२३ असार । ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिएको छ । महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन महान्यायाधिवक्ताले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका हुन् ।

थप पढ्नुहोस् »

संक्रामक सूचीमा ५२ वटा रोग

काठमाडौं,२३ असार । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको जनाएको छ । सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड १९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एच … Continue reading संक्रामक सूचीमा ५२ वटा रोग

थप पढ्नुहोस् »

वर्षा वितण्डा: १४ जनाको मृत्यु ,१८ घाइते

दाङ,२३ असार । यतिबेला देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो र डुबान हुँदा १४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्। शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन्। केन्द्रीय … Continue reading वर्षा वितण्डा: १४ जनाको मृत्यु ,१८ घाइते

थप पढ्नुहोस् »

नदीमा पानीको बहाव बढेपछि पाँच परिवारका २३ जना विस्थापित

कास्की,२२ असार । अविरल वर्षका कारण नदीमा पानीको बहाव बढेपछि पाँच परिवारका २३ जना विस्थापित भएका छन्। सेती नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका वडा नम्बर १४ गोष्ठी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने पाँच घरधुरी विस्थापित भएका हुन् कास्की प्रहरीका अनुसार घरको सम्पूर्ण सामग्री सहित उनीहरूलाई गोष्ठी टोल विकास संस्थाको भवनमा सारिएको छ। स्थानान्तरण … Continue reading नदीमा पानीको बहाव बढेपछि पाँच परिवारका २३ जना विस्थापित

थप पढ्नुहोस् »