समाचार

आठबिसकोटमा खोलाले घर बगाउँदा ३ जनाको मृत्यु,१ बेपत्ता

रुकुम पश्चिम,१ साउन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता … Continue reading आठबिसकोटमा खोलाले घर बगाउँदा ३ जनाको मृत्यु,१ बेपत्ता

थप पढ्नुहोस् »

सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

बेपत्ता यात्रु र बसको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी काठमाडौँ, ३१ असार ।  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन । भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) … Continue reading सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

थप पढ्नुहोस् »

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ ,३० असार ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री  नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा … Continue reading केपी ओली प्रधानमन्त्रीमा नियुक्त

थप पढ्नुहोस् »

जंगली च्याउ खादा गम्भीर विरामी

दाङ, २८ असार ।दाङमा जंगली च्याउखादा दुई जना गम्भीर विरामी भएका छन । दाङको शान्तिनगर गाउँपालिका २ अमुवा बस्ने मिना न्योपानेले जंगली च्याउ ल्याइ पकाई खादा गम्भीर विरामी परेको इलाक प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । च्याउ खाएर मिनाका ससुरा ४५ वर्षिय ज्ञानु न्यौपाने समेत गम्भीर घाइते भएको थापाले … Continue reading जंगली च्याउ खादा गम्भीर विरामी

थप पढ्नुहोस् »

रूखबाट लडेर बालिकाको मृत्यु

दाङ,२८ असार । दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका-४ को १२ वर्षीया सुवर्ण खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनी बिहीबार बेलुका ६ बजेतिर घरनजिकैको जामुन रूखमा चढ्दा लडेर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। ‘राती अस्पतालले मृत … Continue reading रूखबाट लडेर बालिकाको मृत्यु

थप पढ्नुहोस् »

गणपति ज्वैलर्सको उद्घाटन

दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। पसलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले गरेका हुन्। पसलको उद्घाटन गर्दै अध्यक्ष केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए। युवालाई विदेश पलायन हुनबाट रोकी स्थानीय स्तरमै स्वरोजगार … Continue reading गणपति ज्वैलर्सको उद्घाटन

थप पढ्नुहोस् »

पहिरोमा परेर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु, दुई बेपत्ता

कास्की,२८ असार। अविरल वर्षाका कारण आएको पहिरो परेर एकै परिवारका सातजना सहित ९ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार राति खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, … Continue reading पहिरोमा परेर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु, दुई बेपत्ता

थप पढ्नुहोस् »

त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

चितवन,२८ असार । नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ। भरतपुर महानगरपालिका- २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ। एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० … Continue reading त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

थप पढ्नुहोस् »

तुलसीपुरमा बिग एजुकेसनको पाँचौ शाखा

तुलसीपुर,२७ असार । बिग एजुकेशन काठमान्डौको पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएको छ । अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या खेप्ने गरेको भन्दै यस्ता समस्याहरूको समाधानका लागि दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेशन काठमान्डौका सिईओ सुरज केसीले बताए । विद्यार्थी भर्ना मात्र नभई भनेको ठाउँमा पुर्याउने भएकोले … Continue reading तुलसीपुरमा बिग एजुकेसनको पाँचौ शाखा

थप पढ्नुहोस् »

औषधिको नयाँ शुल्क निर्धारण

काठमाडौँ,२७ असार । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो । यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल … Continue reading औषधिको नयाँ शुल्क निर्धारण

थप पढ्नुहोस् »