समाचार

विमानका प्राविधिक जसले श्रीमती र छोरालाई बोलाएर पोखरा लैजादै थिए

काठमाडौ ,९ साउन। बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ। दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने विमानका क्याप्टेन मनिष शाक्य घाइते भएका छन्। । बुधबार बिहान भएको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सौर्य एयरलाइन्सका प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती र छोराको मृत्यु भएको हो। मनुराजले आफू पोखरा … Continue reading विमानका प्राविधिक जसले श्रीमती र छोरालाई बोलाएर पोखरा लैजादै थिए

थप पढ्नुहोस् »

जहाज दुर्घटना: चारजनाको शव निकालियो

काठमाडौँ ,९ साउन।त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । … Continue reading जहाज दुर्घटना: चारजनाको शव निकालियो

थप पढ्नुहोस् »

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण नियुक्त

दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

थप पढ्नुहोस् »

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी

दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् । दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताए । … Continue reading लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी

थप पढ्नुहोस् »

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशीताका बारेमा अभिमुखीकरण

दाङ,७ साउन। दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशी कार्यस्थलका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। सोमबार युएसएआइडीको आर्थिक सहयोग सीबीएम र डेक नेपालको सहकार्यमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले अपाङ्ग मैत्री संरचना निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरुले अपाङ्गता … Continue reading अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशीताका बारेमा अभिमुखीकरण

थप पढ्नुहोस् »

कर्णालीबाट बाहिरियो माओवादी

सुर्खेत,७ साउन। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिदै सरकार छोडेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका … Continue reading कर्णालीबाट बाहिरियो माओवादी

थप पढ्नुहोस् »

मिडवेस्ट एकेडेमीमा गुरु पुर्णिमा विशेष कार्यक्रम

दाङ,कृष्ण अधिकारी। गुरु पूर्णिमाको अवसरमा दाङ शान्तिनगर ७ खैरेनी मा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीमा विविध कार्यक्रम गरिएको छ । कक्षा ९ र १० मा अध्य्यनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरुहरु प्रति श्रद्धा भाव झल्कने विभिन्न क्रियाकलापहरु गरेका थिए । त्यस्तै उनिहरुले आफ्नो विद्यालय पठन पाठन खेल्कुद र अन्य सबै कुरा मा उत्कृष्ट हुँदै … Continue reading मिडवेस्ट एकेडेमीमा गुरु पुर्णिमा विशेष कार्यक्रम

थप पढ्नुहोस् »

एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने

दाङ,७ साउन। नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । … Continue reading एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने

थप पढ्नुहोस् »

गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न

दाङ ६ साउन। दाङको तुलसीपुरस्थित कमलपोखरी योग साधना केन्द्र रजौला दाङमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरीको अध्यक्षतामा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा यो गुरु नीलप्रसाद सापकोटाले गुरु पूर्णिमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए। पछिल्लो समय गुरु र सिस्य बीचको सम्बन्ध कमजोर बन्दै गएको उनले … Continue reading गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

विपी स्मृतिमा वृक्षारोपण

दाङ ६ साउन । महामानव विपी कोइरालाको ४२ औ स्मृती दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। दिवसको अवसरमा नेपाली काङ्ग्रेस तुलसीपुर ५ को आयोजनामा विपीको सालिकमा माल्यार्पण गरिनुको साथै वृक्षारोपण गरिएको हो। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्रगिरीको प्रमुख अतिथिता एवं नेपाली कांग्रेस दाङ जिल्ला पूर्व पार्टी सभापति घनश्याम रेग्मीको विशेष आतिथ्यतामा वृक्षारोपण तथा मल्यार्पण कार्यक्रम गरिएको … Continue reading विपी स्मृतिमा वृक्षारोपण

थप पढ्नुहोस् »