समाचार

भुकम्पको धक्का

काठमाडौँ,१३ साउन । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

थप पढ्नुहोस् »

ओमानसंगको श्रम सम्झौता प्रक्रिया पुन: अघि बढाइयो

काठमाडौँ,१३ साउन। सरकारले ओमानसँगको श्रम सम्झौताका लागि मस्यौदा पाँच वर्षअघि नै टुंग्याए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । ओमानले आफ्नो आवासीय कानुन र श्रम कानुनमा परिवर्तन गरेपछि सम्झौतामा हस्ताक्षर हुन पाएको थिएन । उक्त प्रक्रियालाई पाँच वर्षपछि पुनः अघि बढाइएको छ । २०१९ मे ५ मा नेपाल र ओमानबीच काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक टोलीका बैठकले शून्य लागतमा … Continue reading ओमानसंगको श्रम सम्झौता प्रक्रिया पुन: अघि बढाइयो

थप पढ्नुहोस् »

सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको चुम्बक हरायो

चितवन,१२ साउन। सिमलताल दुर्घटना स् बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको … Continue reading सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको चुम्बक हरायो

थप पढ्नुहोस् »

गञ्जीमै मन्त्रालय पुगे मन्त्री मनाङे

कास्की,१२ साउन। छैटौंपटक मन्त्री बनेका गण्डकी प्रदेश सरकारका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमै मन्त्रालय पुगेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् । भौतिक पूर्वाधार मन्त्रालयमा दोहोरीएका मन्त्री मनाङे पछिल्लोपटक गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार … Continue reading गञ्जीमै मन्त्रालय पुगे मन्त्री मनाङे

थप पढ्नुहोस् »

पाँचजना नक्कली परिक्षार्थी पक्राउ

हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला … Continue reading पाँचजना नक्कली परिक्षार्थी पक्राउ

थप पढ्नुहोस् »

घट्यो मौद्रिक नीतिदर

काठमाडौं,११ साउन। नेपाल राष्ट्र बैंकले मौद्रिक नितिदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ … Continue reading घट्यो मौद्रिक नीतिदर

थप पढ्नुहोस् »

किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताए। समुदायसँग … Continue reading किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

थप पढ्नुहोस् »

रिचार्ज कार्डको आयात ७० प्रतिशतले घट्यो

काठमाडौं, १० साउन। नेपालमा रिचार्ज कार्डको प्रयोग कम हुँदै गएको छ । अनलाईनको माध्यमबाट मोवाइलमा रिचार्ज गर्न मिल्ने भएपछि रिचार्ज कार्डको प्रयोग कम हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्वन्धी तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०–८१ मा रिचार्ज कार्डको आयात ७० प्रतिशतले घटेको छ । अघिल्लो आव २०७९–८० मा नेपालमा विदेशबाट … Continue reading रिचार्ज कार्डको आयात ७० प्रतिशतले घट्यो

थप पढ्नुहोस् »

फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ। हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको … Continue reading फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

थप पढ्नुहोस् »

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ती नगरःमानव अधिकार आयोग

काठमाडौँ,९ साउन । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गरी संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारीलगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण … Continue reading विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ती नगरःमानव अधिकार आयोग

थप पढ्नुहोस् »