समाचार

चोक–चोकमा विद्यार्थीको ब्यापार

दाङ,११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले चोक–चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको विक्रिवितरण गरेका हुन् । गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि … Continue reading चोक–चोकमा विद्यार्थीको ब्यापार

थप पढ्नुहोस् »

कोइलावास नाका ७२ घण्टाका लागि बन्द

दाङ,११ जेठ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा जेठको १२ गते राती १२ बजेसम्म नेपाल–भारत सिमा क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुने भएकाले आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ । यहि जेठको १२ गते … Continue reading कोइलावास नाका ७२ घण्टाका लागि बन्द

थप पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेंगी

काठमाडौँ,११ जेठ । डेंगी रोगको संक्रमण देशका ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ९ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले … Continue reading ५७ जिल्लामा फैलियो डेंगी

थप पढ्नुहोस् »

प्रेस युनियन दाङको क्षेत्रीय भेला: युनियनले महासंघको नेतृत्व गर्ने दावी

दाङ,५ जेठ । आसन नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा नेपाल प्रेस युनियन दाङले नेतृत्वको दावि गरेको छ । नेपाल प्रेस युनियन दाङको तुलसीपुरमा सम्पन्न बैठक तथा क्षेत्रीय भेलामा सहभागीहरुले युनिनको नेतृत्वमा महासंघमा जानुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संगठन भएकाले यस पटक सवैलाई मिलायर युनियनको नेतृत्वमा अगाडी बढनुपर्ने भेलामा सहभागीहरुको भनाई … Continue reading प्रेस युनियन दाङको क्षेत्रीय भेला: युनियनले महासंघको नेतृत्व गर्ने दावी

थप पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

दाङ,२ जेठ । बलात्कार मुद्दाको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहरिएका छन् । बुधबार उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

थप पढ्नुहोस् »

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ,१ जेठ। दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु भएको छ। दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु भएको हो। इलाका प्रहरी खिलतपुरका   अनुसार बबई गाउँपालिका ३ ओदाले घाटमा पौडी खेल्ने क्रममा उनीहरूको आज मङ्गलबार मृत्यु भएको हो।प्रहरीका अनुसार सोमबार मात्रै उनीहरू ओदालेमा रहेको फुपुको घरमा आएका थिए। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी … Continue reading बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

थप पढ्नुहोस् »

राजनीति जनताको सेवा क्षेत्र हो  : नेता सविन

हेमन्त प्रकाश वली, दाङ,१ जेठ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले राजनीति जनताको सेवा  क्षेत्र भएको बताएका छन् । आज मंगलबार घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति जनताको सेवा गर्ने कुरा हो तर यसलाई यहाँका अन्य दलहरुले पेशा बनाए ।उनले भने-‘ राजनीति पेसा होइन … Continue reading राजनीति जनताको सेवा क्षेत्र हो  : नेता सविन

थप पढ्नुहोस् »

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पुरुषको मृत्य

काठमाण्डौँ, ३१ वैशाख । सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको एक पुरुषको एक सातामै मृत्यु भएको छ ।अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला आनुवांशिक परिमार्जन गरी प्रत्यारोपण गरिएका ६२ वर्षीय रिक भनिने रिचार्ड स्लेमनको शनिबार मृत्यु भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्लेमनलाई गत मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्लेमनको पहिलो पटक २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको … Continue reading सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पुरुषको मृत्य

थप पढ्नुहोस् »

१४७ मतले विनिलको अग्रता

दाङ,३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय ४७  मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार राती ९  बजेसम्म १ हजार ९  सय  मत गणना … Continue reading १४७ मतले विनिलको अग्रता

थप पढ्नुहोस् »

एसोसिएट सदस्यमा रिजाल निवार्चित

दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् । कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए । विनिल … Continue reading एसोसिएट सदस्यमा रिजाल निवार्चित

थप पढ्नुहोस् »