समाचार

तुलसीपुर नगर जेसिजको साधारणसभा

दाङ,८ वैशाख । तुलसीपुर नगर जेसीजले साधारणसभा तथा भित्तेपात्रो विमोचन गरेको छ। जेसीजले शनिवार साधारण सभा र नयाँ वर्ष २०८१ सालको  भित्तेपात्रो विमोचन गरेको हो । जेसीज बर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगीकाे अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष जिसीले  युवाहरुको नेतृत्व तथा … Continue reading तुलसीपुर नगर जेसिजको साधारणसभा

थप पढ्नुहोस् »

सहमतीय आधारमा महासंघको नेतृत्व चयन गरौं : प्रेस युनियन दाङ

घोराही,८ बैशाख । नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसहमत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ । शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सवै सञ्चार संघसंगठनहरुसँग बार्ता र सम्वाद गरि सर्वसहमतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो ।सर्वसहमत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन … Continue reading सहमतीय आधारमा महासंघको नेतृत्व चयन गरौं : प्रेस युनियन दाङ

थप पढ्नुहोस् »

आगलागी हुंदा एकजनाको मृत्यु

दाङ,७ बैशाख । दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको प्रहरीले जानकारी दिएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए। त्यहीबेला आगोले जलेको प्रहरीको भनाई … Continue reading आगलागी हुंदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

दाङ, ६ वैशाख । ६ दाङको घोराही स्थित पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन नगर जेसिसको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरेको हो। यस्ता … Continue reading त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

थप पढ्नुहोस् »

लुम्बिनीमा सरकार विस्तार

दाङ,६ वैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट ४ जना नागरीक उन्मुक्ती र स्वन्त्रबाट एक एक जना गरी ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, र अर्जुन कुमार केसी रहेका छन् भने नागरीक उन्मुक्तीका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागिय … Continue reading लुम्बिनीमा सरकार विस्तार

थप पढ्नुहोस् »

दाङबाट छुटेको बस थारमारेमा दुर्घटना

बैशाख ५, सल्यान । दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ । बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । दुर्घटना परि करिब आधा दर्जनभन्दा बढी यात्रु … Continue reading दाङबाट छुटेको बस थारमारेमा दुर्घटना

थप पढ्नुहोस् »

माटोको ढिस्काेले पुरिदा २ बालककाे मृत्यु

दाङ,२ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही ९ आन्द्राभरैयाका ३/४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न … Continue reading माटोको ढिस्काेले पुरिदा २ बालककाे मृत्यु

थप पढ्नुहोस् »

प्रतापकोटमा ´खैराबाङ भगवती` मन्दिरको उद्घाटन

दाङ,२ वैशाख । तुलसीपुरको प्रतापकोटमा खैराबाङ देवी भगवतीको मन्दिर निर्माण गरिएको छ ।सांस्कृतिक पहिचान र पर्यटन विकासकालागि करिब लगानीमा मन्दिरको निर्माण गरिएको हो । मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गरे । मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले प्रतापकोटलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताए। ।वडा नम्वर … Continue reading प्रतापकोटमा ´खैराबाङ भगवती` मन्दिरको उद्घाटन

थप पढ्नुहोस् »

मालपोतको भवनमा ग्लोबल बैंकको काउन्टर

अमृतकाजी शर्मा ,दाङ, २ बैशाख । ग्लोबल आइएमई बैकं तुलसीपुर शाखाले मालपोत कार्यलयको भवनमा काउण्टरमा संचालन गरेको छ । काउन्टरको आइतवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। सेवाग्राहीहरुको सहजका लागि मालपोतमा काउन्टर सन्चालन गरिएको हो । राजस्व दाखिलाको लागि मालपोतकै कर्मचारी बैंकमा नै जानु पर्ने अवस्थामाको अन्त्य हुने मालपोत कार्यालय तुलसीपुर का निमित्त कार्यालय प्रमुख … Continue reading मालपोतको भवनमा ग्लोबल बैंकको काउन्टर

थप पढ्नुहोस् »

राष्ट्रिय मिडिया महोत्सवको तयारी तिब्र

मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु, मिडिया बिज्ञ र जनप्रतिनिधिहरुको उपस्थितिमा हुने मिडिया महोत्सवका लागि प्रचारप्रसार, बहसका लागि आवश्यक वक्ताहरुसँगको समन्वय लगायतका काम अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए। महोत्सवको वैशाख ३ गते विहान १०ः३० बजे होटेल माला इन घोराहीमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा … Continue reading राष्ट्रिय मिडिया महोत्सवको तयारी तिब्र

थप पढ्नुहोस् »