समाचार

दाङमा लकडाउन हुने

दाङ। दाङमा बैशाख १७ गतेदेखि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला संकट व्यस्थापन केन्द्र(डीसीएमसी)को बैठकले वैशाख १७ देखि २५ गते बेलुका ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । दाङ कोरोनाको जोखिम दिनानुदिन बढ्दै गैरहेको छ ।

थप पढ्नुहोस् »

तुलसीपुरमा एक कोरोना संक्रमितको ज्यान गयो

दाङ। तुलसीपुरमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -७ का ४० बर्षीय पुरुषको ज्यान गएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारि दिए । संक्रमीत पुरुषको सोमबार दिउँसो करिब पौने ४ बजेतिर ज्यान गएको हो । उनी बैशाख १० गतेदेखि बेलझुण्डी अस्पतालमा आइसियु कक्षमा उपचाररत थिए । … Continue reading तुलसीपुरमा एक कोरोना संक्रमितको ज्यान गयो

थप पढ्नुहोस् »

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा … Continue reading त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १५२ जनामा संक्रमण पुष्टि

दाङ। दाङमा एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको २०२ जनाको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना पोजेटिभ देखीएको हो । यो संगै दाङमा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

थप पढ्नुहोस् »

तुलसीपुर एकैदिन थपिए ४५ संक्रमित, २६५ जना सक्रिय संक्रमित

दाङ । तुलसीपुरमा सोमबार ४५ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनाको स्वाब परिक्षण गर्दा ४५ जनाको रिपोट पोजेटिभ आएको छ । यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ । यस्तै सोमवार तुलसीपुरका २१ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

थप पढ्नुहोस् »

भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ। एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको … Continue reading भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

थप पढ्नुहोस् »

भयावह अवस्था आउन नदिन यी उपाय अपनाऔँ

काठमाण्डाै । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको छ । यो वृद्धिदर विश्वकै उच्च हो । अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिद्धर १० प्रतिशत छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । यस्तै नेपालमा … Continue reading भयावह अवस्था आउन नदिन यी उपाय अपनाऔँ

थप पढ्नुहोस् »

दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गयो

दाङ। दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाकि छोरी ११ बर्षिया रिता बुढा र १३ बर्षिया विनिता बुढाको ज्यान गएको हो । दिदीको आईतबार विहान २ बजेतिर र बहिनीको विहान ६ बजेतिर निधन भएको … Continue reading दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गयो

थप पढ्नुहोस् »

बबई गाउँपालिका सिल

दाङ। दाङको बबई गाउँपालिका सिल हुने भएको छ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना समुदाय स्तरमा भयावह हुने तरिकाले फैलिएका कारण बबई गाउँपालिका बैषाख १३ गते सोमबार देखी सिल हुने भएको हो । गाउँपालिकाले १३ गते सोमबार देखी हापुरे बजार तथा पालिकाभित्र रहेका व्यापार, ब्यबसाय, उद्योग, कलकारखाना, बिहे, पुजा, तालिम, गोष्ठी, यातायातका साधन अर्को … Continue reading बबई गाउँपालिका सिल

थप पढ्नुहोस् »

सोमबारदेखिका सबै परीक्षा स्थगित

काठमाडौं । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ … Continue reading सोमबारदेखिका सबै परीक्षा स्थगित

थप पढ्नुहोस् »