समाचार

कुलोमा डुबेर दाङमा एक पुरुषको मृत्यु

दाङ,१० चैत । दाङमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। राप्ती गाउँपालिका–३, दक्षिण मसुरियामा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार उनी गएराति घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। घरबाट करिब २–३ सय मिटर टाढा रहेको मौरीघाट कुलोम डुबेको … Continue reading कुलोमा डुबेर दाङमा एक पुरुषको मृत्यु

थप पढ्नुहोस् »

लागुऔषधको लतमा १५ वर्षीय किशोरद्वारा वृद्ध महिलाको विभत्स हत्या

रुपन्देही,१० चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसईमा १५ वर्षीय किशोरले ६० वर्षीया महिलाको हत्या गरेका छन्। प्रहरीका अनुसार किशोरले चुरोट किन्न राति पसल खोल्न लगाएर विवाद हुँदा वृद्धा रेनु पटवारको हत्या गरेका हुन्। घटना चैत २ गते राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। चुरोट किन्ने क्रममा पैसाको विषयमा विवाद भएपछि किशोरले पसलमै रहेको … Continue reading लागुऔषधको लतमा १५ वर्षीय किशोरद्वारा वृद्ध महिलाको विभत्स हत्या

थप पढ्नुहोस् »

राप्रपा सांसद ओलीले संस्कृत भाषामा शपथ लिने

काठमाडौ,१० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार समानुपातिक सांसद ओलीले शपथका लागि संस्कृत भाषा रोजेकी हुन्। उनीसहित विभिन्न दलका करिब दुई दर्जन सांसदहरूले मातृभाषा वा रुचिअनुसारका भाषामा शपथ लिने विवरण बुझाएका छन्।संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन … Continue reading राप्रपा सांसद ओलीले संस्कृत भाषामा शपथ लिने

थप पढ्नुहोस् »

एन्फा केन्द्रीय कार्यालय बन्द

काठमाडौ,१० चैत । अखिल नेपाल फुटबल संघ ९एन्फा०को केन्द्रीय कार्यालय बन्द गरिएको छ। चैत १३ गते झापा जिल्लामा हुने साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्ने भन्ने उल्लेख गरिएको छैन। सूचनाअनुसार चैत १० गतेदेखि सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालय … Continue reading एन्फा केन्द्रीय कार्यालय बन्द

थप पढ्नुहोस् »

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

काठमाडौ,१० चैत। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। दक्षिणतर्फ उडान भरेको केही समयपछि नै सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार रहेका थिए। वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जानकारी … Continue reading कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

थप पढ्नुहोस् »

युरिया बोकेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौ,१० चैत ।फलेवास नगरपालिका–४, पर्वतस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कुश्मा–फलेवास सडक खण्डमा ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको जीपमा ३५ वर्षीय चालक सज्जन परियार एक्लै सवार थिए। घाइते चालकलाई … Continue reading युरिया बोकेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

दाङ,९चैत । अमेरिका र इरानबीच सप्ताहान्तमा वार्ता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच रचनात्मक वार्ता भएको बताएका छन्। उनले तत्कालका लागि इरानका ऊर्जा प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको जानकारी दिए। सिएनएनका अनुसार अमेरिका पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने निर्णयमा पुगेको छ। “अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा रचनात्मक वार्ता … Continue reading अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

थप पढ्नुहोस् »

क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा भारतका ४१ वर्षीय प्रवेश अली रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो मोबाइलमार्फत करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। … Continue reading क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

थप पढ्नुहोस् »

विमानस्थलबाट गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौँ,९ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो ४३५ ग्राम गाँजासहित सोमबार एक थाई नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंककबाट काठमाडौं आएका ३९ वर्षीय योङयुट थुइओन रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार थाई एअरलाइन्सको उडान नम्बर TG–309 बाट आएका उनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध लुकाएर ल्याएका थिए। … Continue reading विमानस्थलबाट गाँजासहित थाई नागरिक पक्राउ

थप पढ्नुहोस् »

चैत १५ भित्र बजेट प्रस्ताव पेस गर्न मन्त्रालयलाई निर्देशन

दाङ,९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सबै विषयगत मन्त्रालयलाई चैत १५ गतेभित्र योजना तथा कार्यक्रम प्रस्ताव पेस गर्न निर्देशन दिएको छ। मन्त्रालयले तयार पारेको बजेट क्यालेन्डरअनुसार सबै मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई बजेट सीमा (सिलिङ)पठाइसकिएको र … Continue reading चैत १५ भित्र बजेट प्रस्ताव पेस गर्न मन्त्रालयलाई निर्देशन

थप पढ्नुहोस् »