समाचार

तीन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,१२चैत । सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न तीन वटा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्। यी प्रतिवेदनहरू … Continue reading तीन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

थप पढ्नुहोस् »

सुन तोलामा २९ सयले घट्यो

दाङ,१२चैत । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (चैत १२) सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य … Continue reading सुन तोलामा २९ सयले घट्यो

थप पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदनः एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

काठमाडौं,१२चैत । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै प्रहरी अधिकारीलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको भेटिएको छ। प्रतिवेदनमा सिद्धिविक्रम शाह (एआईजी) लाई एकातिर पुरस्कृत गर्नुपर्ने र अर्कोतर्फ विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरिएको उल्लेख छ। प्रतिवेदनको पृष्ठ ६८९ मा टंगालस्थित भाटभटेनी र नक्सालको हिल्टन … Continue reading कार्की आयोगको प्रतिवेदनः एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

थप पढ्नुहोस् »

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं, १२ चैत । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५/१५ रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो … Continue reading फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

थप पढ्नुहोस् »

जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छः राष्ट्रपति पौडेल

काठमाडौ,११चैत । रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले दिएको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्। निर्वाचन आयोग नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकमत हुने विश्वास व्यक्त गरे। राष्ट्रपति … Continue reading जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छः राष्ट्रपति पौडेल

थप पढ्नुहोस् »

आइसक्रिम पार्लरमा आगलागीः ३५ लाख बराबरको क्षति

काठमाडौ,११चैत । न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मर्मतका क्रममा निस्किएको आगोको झिल्कोबाट पार्लरको भान्साबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागीबाट केक बनाउने सामग्री, मेसिन तथा अन्य तयारी सामान जलेर नष्ट भएका छन्। … Continue reading आइसक्रिम पार्लरमा आगलागीः ३५ लाख बराबरको क्षति

थप पढ्नुहोस् »

अनैतिक गतिविधिमा संलग्न २० महिला पक्राउ

काठमाडौ,११ चैत। प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न २० जना विदेशी महिलालाई पक्राउ गरेको छ । काठमाडौ प्रहरीले ठमेलका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले स्वदेशी तथा विदेशी नागरिकसँग अवैध रूपमा पैसामा बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरिरहेका थिए। पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला … Continue reading अनैतिक गतिविधिमा संलग्न २० महिला पक्राउ

थप पढ्नुहोस् »

ज्येष्ठ सदस्यका रूपमा केसीले गरे पदभार ग्रहण

काठमाडौं,११ चैत । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाको ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। संसद सचिवालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। यसअघि उनले रामचन्द्र पौडेलबाट शपथ लिएका थिए। नेपाली कांग्रेसका नेता समेत रहेका ७८ वर्षीय केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन्।केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई … Continue reading ज्येष्ठ सदस्यका रूपमा केसीले गरे पदभार ग्रहण

थप पढ्नुहोस् »

अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार

काठमाडौ,११ चैत ।कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा संलग्न गराइएका ५१ नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो। दूतावासका अनुसार उनीहरु विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम … Continue reading अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार

थप पढ्नुहोस् »

१४ हजार ६ सयले बढ्यो सुन

दाङ,११ चैत । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा … Continue reading १४ हजार ६ सयले बढ्यो सुन

थप पढ्नुहोस् »