समाचार

जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ

बाँके,६ जेठ । बाँकेमा बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लामा फरक–फरक घटनामा जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ परेका हुन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय एक युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। उजुरीका आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। … Continue reading जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ

थप पढ्नुहोस् »

पहिरोले विद्यालयमा क्षति

हुम्ला,६ जेठ।हुम्लामा पहिरो जादा विद्यालय र गोठमा क्षति पुगेको छ। जिल्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुगेको हो। अचानक परेको असिनापानीपछि आएको पहिरोले विद्यालयसँगै खेतीयोग्य जमिन र गोठमा पनि क्षति पुर्‍याएको स्थानीय छक्कबहादुर तामाङले जानकारी दिएका छन्। पहिरोका कारण वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह … Continue reading पहिरोले विद्यालयमा क्षति

थप पढ्नुहोस् »

दाङमा डोजर आतंक रोक्न जनमोर्चाको माग

दाङ,५ जेठ ।राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै तत्काल रोक्न माग गरेको छ। यसका लागि पार्टीले जिल्ला प्रशासन कार्यालय घोराहीमा ज्ञापनपत्र बुझाएको हो।जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लाई ज्ञापनपत्र बुझाएको हो। जनमोर्चाले धनीपुर्जा नभएका नागरिकलाई हटाउने कामले बस्तीमा डर फैलिएको जनाएको छ। सर्वोच्च … Continue reading दाङमा डोजर आतंक रोक्न जनमोर्चाको माग

थप पढ्नुहोस् »

विमानस्थलबाट ३७ राहदानीसहित एकजना पक्राउ

काठमाडौ,५ जेठ । त्रिभुवन विमानस्थलबाट ३७ वटा राहदानीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ रहेका छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको हो। विमानस्थल सुरक्षा कार्यालयका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए। घटनाबारे थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु … Continue reading विमानस्थलबाट ३७ राहदानीसहित एकजना पक्राउ

थप पढ्नुहोस् »

रोल्पामा शंकास्पद बस्तु फेला

रोल्पा,५ जेठ । रोल्पामा जेसिभीले खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोला किनारमा जाली बाँध्ने क्रममा मंगलबार बिहान करिब १० बजेतिर फलामको सकेटजस्तो देखिने र दुईवटा तार निस्किएको वस्तु फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी बागमाराबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको … Continue reading रोल्पामा शंकास्पद बस्तु फेला

थप पढ्नुहोस् »

इरानमाथि आक्रमण तत्काल स्थगित गरिएको ट्रम्पको दाबि

काठमाडौ,५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। बीबीसीका अनुसार ट्रम्पले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहपछि सैन्य कदम रोकेको र हाल गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिएका हुन्। उनले यो विषय सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका थिए। यसैबीच, इरानका … Continue reading इरानमाथि आक्रमण तत्काल स्थगित गरिएको ट्रम्पको दाबि

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ बढ्यो

दाङ,५ जेठ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ।सोमबार तोला मा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज थप ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा … Continue reading सुनचाँदीको भाउ बढ्यो

थप पढ्नुहोस् »

भिरबाट लडेर एक युवकको मृत्युः पाँचजना पक्राउ

प्युठान,५ जेठ। प्युठानमा भिरबाट लडेर एकजनाको मृत्यु भएपछि प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्युठानको नौबहिनी गाउँपालिका–६ लुङमा जेठ ३ गते १९ वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भिरबाट लडेर मृत्यु भएको थियो । उक्त घटनामा संलग्नताको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतकका … Continue reading भिरबाट लडेर एक युवकको मृत्युः पाँचजना पक्राउ

थप पढ्नुहोस् »

देशभर गर्मी बढ्दोः तराईमा सतर्कता अपनाउन आग्रह

काठमाडौ,५ जेठ। देशभर गर्मी बढ्दै गएको छ। विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पानी नपरेका ठाउँहरूमा गर्मी झन् बढ्दै गएको बताइएको छ। यता, केही स्थानमा भने वर्षाको सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार … Continue reading देशभर गर्मी बढ्दोः तराईमा सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड

दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा  एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजना,वडा नं २ को समन्वय तथा पर्यटन डिभिजन कार्यालय बांकेको आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको थियो। तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर … Continue reading बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड

थप पढ्नुहोस् »