समाचार

ओलीको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी राधिका शाक्यले उक्त रिट निवेदन दर्ता गराएकी हुन्। सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार आइतबार शाक्य आफैं अदालत पुगेर ओलीलाई तत्काल थुनामुक्त गर्न माग गरेकी छन्। भदौ २३ … Continue reading ओलीको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

थप पढ्नुहोस् »

ओली र लेखक रिहाइको माग गर्दै एमालेले बुझायो ज्ञापन पत्र

काठमाडौ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत नेपाल सरकारलाई उक्त ज्ञापनपत्र बुझाइएको कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिएका छन्। ज्ञापनपत्रमा नवगठित सरकारले ‘कथित कार्की आयोग’को प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका … Continue reading ओली र लेखक रिहाइको माग गर्दै एमालेले बुझायो ज्ञापन पत्र

थप पढ्नुहोस् »

देउवा परिवारको सम्पत्ति छानबिन गरिने: घर भत्काउन रोक

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिनमा सरकार अघि बढेको छ। जेनजी आन्दोलनका क्रममा जलेको देउवाको घरबाट प्रमाण नष्ट हुन सक्ने आशंकामा प्रहरीले घर भत्काउने कार्यमा रोक लगाएको छ। सरकारमा रहँदा सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको … Continue reading देउवा परिवारको सम्पत्ति छानबिन गरिने: घर भत्काउन रोक

थप पढ्नुहोस् »

जलेको अवस्थामा फेला परेकी युवतीको उपचारकै क्रममा मृत्यु

बांके,१५ चैत । आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक शनिबार राति करिब १२ बजेतिर अन्दाजी ३० वर्षीया युवती जलेर घाइते अवस्थामा फेला परेकी थिइन्। घाइते युवतीलाई उपचारका लागि भेरी अस्पताल … Continue reading जलेको अवस्थामा फेला परेकी युवतीको उपचारकै क्रममा मृत्यु

थप पढ्नुहोस् »

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।

थप पढ्नुहोस् »

बालेन्द्र शाह सरकारको सय बुँदे सुधार योजना सार्वजनिक

काठमाडौँ १५ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ। सरकारको यो कार्यसूचीले राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक तथा डिजिटल शासनका सबै पक्ष समेट्दै व्यापक सुधारको रोडम्याप प्रस्तुत गरेको छ।सरकारले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अब शासनलाई … Continue reading बालेन्द्र शाह सरकारको सय बुँदे सुधार योजना सार्वजनिक

थप पढ्नुहोस् »

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,१४ चैत । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। शनिबार आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले दुवै दिन भएका हिंसा, आगजनी र विध्वंसमा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने जनाएको हो। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा दुवै दिनका घटनामा संलग्नमाथि कारबाही गर्न कांग्रेसको … Continue reading भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न कांग्रेसको माग

थप पढ्नुहोस् »

सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीको लाठीचार्ज: एमाले नेता ओली घाइते

काठमाडौं,१४ चैत । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका नेकपा एमालेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। माइतीघर, बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही नेता,कार्यकर्ता घाइते भएका छन्। काठमाडौं महानगर–१ निवासी युवराज ओलीको टाउकोमा लाठी लागेर … Continue reading सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीको लाठीचार्ज: एमाले नेता ओली घाइते

थप पढ्नुहोस् »

चैत १८ मा नयाँ संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने प्रावधान रहेको छ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा … Continue reading चैत १८ मा नयाँ संसद अधिवेशन बोलाउने तयारी

थप पढ्नुहोस् »

एमाले नेता मल्ल पक्राउ

काठमाडौं,१४ चैत । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगु जिल्लाको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।उनीलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्। मल्लविरुद्ध बलात्कारको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा … Continue reading एमाले नेता मल्ल पक्राउ

थप पढ्नुहोस् »