समाचार

जिप दुर्घटनामा परी सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

काठमाडौ,१७ चैत । जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनिसा चन्द पाल र भरतबहादुर तितरा रहेका छन्। उनीहरू योजनाको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काँडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सु.प.प्र.–००१ ज. १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनास्थलमै दुवैजनाको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा परी … Continue reading जिप दुर्घटनामा परी सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

थप पढ्नुहोस् »

ग्राहकको रकम हिनामिना गर्ने बैंक कर्मचारी पक्राउ

काठमाडौं,१७ चैत ।ग्राहकको बैंक खाताबाट रकम हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । उदयपुरको गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखामा कार्यरत सुनिता बानियाँलाई ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इन्स्पेक्टर विष्णु खड्काका अनुसार बैंकको उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिइएको हो। उनीसँग प्रारम्भिक बयान लिइसकिएको छ भने थप अनुसन्धान … Continue reading ग्राहकको रकम हिनामिना गर्ने बैंक कर्मचारी पक्राउ

थप पढ्नुहोस् »

प्रधानन्यायाधीश राउत आजदेखी अनिवार्य अवकाशमा

काठमाडौं ,१७ चैत । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्।२०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका थिए। उनको अवकाशसँगै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्। राउत यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि उक्त पदमा नियुक्त भएका थिए

थप पढ्नुहोस् »

ऊर्जा मन्त्रालयमा प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध

काठमाडौं,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको जनाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्दै वातावरणमैत्री विकल्पको प्रयोग बढाउन यो कदम चालिएको … Continue reading ऊर्जा मन्त्रालयमा प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध

थप पढ्नुहोस् »

बढ्यो सुनचाँदीको मूल्य

दाङ,१७ चैत । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो। सोमबार दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।त्यस्तै, चाँदीको मूल्यमा … Continue reading बढ्यो सुनचाँदीको मूल्य

थप पढ्नुहोस् »

तत्कालीन सिडिओ रिजाल पक्राउ

काठमाडौं ,१७चैत। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज बिहान पक्राउ गरेको जनाएको छ। रिजाल भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। उनीमाथि आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

थप पढ्नुहोस् »

साथीको जन्मदिन मनाउन गएकी अनु मृत फेला

दाङ,१६ चैत । साथीको जन्मदिन मनाउन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १४ वर्षीया अनु खत्री बबई गाउँपालिका–३ सल्लीकोट निवासी हुन्। उनी चैत १२ गते घरबाट निस्केकी थिइन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनको शव सोही वडाको भ्यूटावर नजिकैको वन क्षेत्रमा सोमबार बिहान फेला परेको हो। प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहान करिब … Continue reading साथीको जन्मदिन मनाउन गएकी अनु मृत फेला

थप पढ्नुहोस् »

ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्। मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको … Continue reading ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

थप पढ्नुहोस् »

४५ दिनभित्र कर्मचारीको कार्यविवरण तयार गर्न सरकारको निर्देशन

काठमाडौं ,१६ चैत। सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको स्पष्ट कार्यविवरण ४५ दिनभित्र तयार गर्न निर्देशन दिएको छ। सरकारले सार्वजनिक निकाय तथा कार्यालयहरूलाई वस्तुनिष्ठ कार्यसम्पादन सूचकसहितको कार्यविवरण तयार गर्न भनेको हो। कार्यसम्पादन मूल्यांकन प्रभावकारी बनाउन ९० दिनभित्र उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गरिने पनि जनाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय तहबाट … Continue reading ४५ दिनभित्र कर्मचारीको कार्यविवरण तयार गर्न सरकारको निर्देशन

थप पढ्नुहोस् »

१० हजार व्यक्ति सम्पत्ति छानबिनको दायरामा

काठमाडौं,१६ चैत । २०४८ सालयता सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने दिशामा सरकार अघि बढेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पद धारण गरेका करिब १० हजार व्यक्तिको सम्पत्ति छानबिन गर्ने तयारी गरेको हो। यसका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताइएको छ। सरकारका अनुसार छानबिन दुई … Continue reading १० हजार व्यक्ति सम्पत्ति छानबिनको दायरामा

थप पढ्नुहोस् »