after_navbar

यार्सागुम्बा टिप्न गएका युवकको भिरबाट लडेर मृत्यु


१३ घण्टा अगाडि


काठमाडौ,९जेठ । यार्सागुम्बा संकलन गर्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको ज्यान गएको हो।

आफ्ना दाजुभाइसँग यार्सागुम्बा टिप्न गएका प्रकाश बुद्ध हिमालको फेदबाट फर्कने क्रममा गत बुधबार भिरबाट लडेको वडा सदस्य विकास गुरुङले जानकारी दिए।

उनका अनुसार चार दाजुभाइ सँगै गएका थिए। प्रकाश अघिअघि हिँडिरहेका थिए तर साँझ बास बस्ने ठाउँमा नपुग्दा खोजी गरिएको थियो। खोजीका क्रममा राति ग्ल्यासियर क्षेत्रमा उनको शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="