after_navbar

जुरपनिया–मैनतारा खानेपानी समितिमा नयाँ नेतृत्व चयन


१४ घण्टा अगाडि


दाङ,१०जेठ। तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

शनिबार सम्पन्न भेलाले शेषमणी कवरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा बिशेषण वली, सचिवमा दामोदर बस्नेत र कोषाध्यक्षमा माधव वली चयन भएका छन्।

यसैगरी सदस्यहरूमा पातली सार्की, हाँसीराम नेपाली, देवराज वली, बिरबहादुर नेपाली, दलजीत वली, छवि घर्ती र इन्द्रबहादुर बस्नेत सर्वसम्मत चयन भएका निर्वाचन समिति संयोजक रामबहादुर ओलीले जानकारी दिए।

नवनिर्वाचित समितिले दुधरास क्षेत्रका उपभोक्तालाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउने तथा सरसफाइ क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएको छ।

समितिले हाल ८५० भन्दा बढी धारामार्फत तुलसीपुर–१७, १८ र १९ का उपभोक्तालाई सेवा दिँदै आएको सचिव दामोदर बस्नेतले बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="