समाचार

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब बढ्ने

काठमाडौ,९ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारी र शिक्षकको तलब वृद्धि गर्ने तयारी गरेको छ। तलब भत्ता पुनरावलोकन समितिले सबै तहका कर्मचारीको तलब बढाउन सिफारिस गरेसँगै तलब वृद्धि हुने सम्भावना बलियो बनेको हो। समितिले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब पुनरावलोकन गर्दै नयाँ दर प्रस्ताव गरेको छ। सिफारिस अनुसार कार्यालय सहयोगीको मासिक तलब ३५ हजार … Continue reading कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब बढ्ने

थप पढ्नुहोस् »

हिमाल टोलले अतिक्रमण गरिएका संरचना आफै हटाउने

दाङ,८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित हिमाल टोल विकास संस्थाले टोलभित्र रहेको इलाका प्रहरी कार्यालयको जग्गामा बनेका संरचनाहरू सम्बन्धित व्यक्तिहरूले आफैं हटाउने निर्णय गरेको छ। हालै बसेको बैठकबाट उक्त निर्णय गरेको हो। बैठकले प्रहरीको जग्गामा निर्माण गरिएका करिब १५ वटा संरचना सम्बन्धित व्यक्तिहरूले स्वेच्छिक रूपमा भत्काउने निष्कर्ष निकालेको जनाएको छ। संस्थाका अनुसार सो निर्णयको … Continue reading हिमाल टोलले अतिक्रमण गरिएका संरचना आफै हटाउने

थप पढ्नुहोस् »

जुन १ देखि कुवेतले उडान पुनः सुरु गर्ने

काठमाडौ,८ जेठ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन १ देखि अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने भएको छ। नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, मर्मत–सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान पुनः सुरु गर्ने निर्णय गरिएको हो। उनले सुरक्षित र सहज हवाई सेवा सुनिश्चित गर्न … Continue reading जुन १ देखि कुवेतले उडान पुनः सुरु गर्ने

थप पढ्नुहोस् »

जेठ १४ गतेदेखि लगातार ४ दिन बिदा

दाङ,८ जेठ। सरकारले जेठ १४ गते ‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ४ दिन बिदा परेको छ। गृह मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। उक्त निर्णय मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। यससँगै जेठ … Continue reading जेठ १४ गतेदेखि लगातार ४ दिन बिदा

थप पढ्नुहोस् »

जनमुखी बजेट ल्याउने तयारीमा छौँः मुख्यमन्त्री आचार्य

दाङ,८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्। प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले सबैको भावना समेटेर विकास केन्द्रित बजेट ल्याउने प्रतिबद्धता जनाए। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट … Continue reading जनमुखी बजेट ल्याउने तयारीमा छौँः मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

एमालेभित्र नेतृत्व संकटः ओलीको राजीनामा माग्ने तयारी

काठमाडौ,८ जेठ। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टीका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन्। पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेको एक पदाधिकारीले बताएका छन्। अध्यक्ष ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि त्यसको प्रतिवादबारे आन्तरिक छलफल भइरहेको … Continue reading एमालेभित्र नेतृत्व संकटः ओलीको राजीनामा माग्ने तयारी

थप पढ्नुहोस् »

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौ,८ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सुनचाँदी महासंघका … Continue reading सुनको मूल्य घट्यो, चाँदी बढ्यो

थप पढ्नुहोस् »

राजनीतिक सेटिङमा प्रधानन्यायाधीश नियुक्ति भएको खत्रीको आरोप

दाङ,८ जेठ ।लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक सेटिङका आधारमा भएको दाबी गरेका छन्। लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले शर्मा विगतदेखि नै राजनीतिक पहुँच मिलाउन सिपालु रहेको र यसपटक पनि त्यही आधारमा प्रधानन्यायाधीश बन्न सफल भएको आरोप लगाए। “योग्यता र विज्ञताको आधारमा … Continue reading राजनीतिक सेटिङमा प्रधानन्यायाधीश नियुक्ति भएको खत्रीको आरोप

थप पढ्नुहोस् »

सडक अतिक्रमण हटाउन दाङमा १५ दिने अल्टिमेटम

दाङ,७ जेठ । सडक डिभिजन कार्यालय दाङले सडक सीमा (राइट अफ वे) अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल लगायतका संरचना हटाउन १५ दिनको समय दिएको छ। बिहीबार जारी सूचनामा सार्वजनिक सडक ऐन २०३१ विपरीत सडक सीमाभित्र निर्माण भएका संरचनाले यातायात सञ्चालन र सडक सुरक्षामा असर परेको उल्लेख गरिएको छ। कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले … Continue reading सडक अतिक्रमण हटाउन दाङमा १५ दिने अल्टिमेटम

थप पढ्नुहोस् »

भारतीय गृहमन्त्री शाहले पशुपतिनाथलाई अर्पण गरे ४० किलो चन्दन

काठमाडौ,७ जेठ। पशुपतिनाथ मन्दि मा श्रीयन्त्र पूजाआराधनाका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण गरेका छन्।उक्त चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको समन्वयमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। भारतबाट हरेक वर्ष विशेष अवसरमा पशुपतिनाथलाई चन्दन अर्पण गर्ने परम्परा रहेको छ। गत वर्ष गोआका मन्त्रीले ३५ किलो चन्दन अर्पण गरेका थिए। पशुपतिनाथका … Continue reading भारतीय गृहमन्त्री शाहले पशुपतिनाथलाई अर्पण गरे ४० किलो चन्दन

थप पढ्नुहोस् »