स्वास्थ्य

थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १६ हजार ५ सय ९८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा ३ हजार ५ सय ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।   यस्तै गएको २४ … Continue reading थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज

थप पढ्नुहोस् »

तुलसीपुर ८ मा निशुल्क मास्क बितरण

दाङ । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्चले तुलसीपुर उपमहानगरपालिका वडा न. ८ मा बिहीबार निशुल्क मास्क वितरण गरेको छ । मञ्चका वडा नम्बर ८ का अध्यक्ष अभिषेक दाहालको नेतृत्वमा विभिन्न टोल तथा विद्यालयमा पुगेर मास्क बितरण गरिएको हो । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका जिल्ला अध्यक्ष सरोज शाहद्वारा प्रदान गरिएको करिब २००० … Continue reading तुलसीपुर ८ मा निशुल्क मास्क बितरण

थप पढ्नुहोस् »

कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द

दाङ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङमा करिब एक दर्जन बढी कार्यालय बन्द भएका छन् । संक्रमण फैलन नदिने भन्दै ति कार्यालय बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था कार्यालय तुलसीपुर, नापी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, बबई गाउँपालिका र मातहतका कार्यालय, तुलसीपुर खानेपानीको कार्यालय लगायतका कार्यालय पनि रहेका … Continue reading कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द

थप पढ्नुहोस् »

फ्रान्समा पेरिस सहित ९ शहरमा कर्फ्यु लगाइने

फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि … Continue reading फ्रान्समा पेरिस सहित ९ शहरमा कर्फ्यु लगाइने

थप पढ्नुहोस् »

थप २६३८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्ययस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

थप पढ्नुहोस् »

तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीकोमा स्वाब परिक्षण गर्दा १० जना र बाके र काठमाडौ मा १,१ जना गरि १२ जनामा कोरोना पोजेटिभ देखियको हो । संक्रमीत हुनेमा तुलसीपुर वडा न. ५ का ५ जना , ८ का २ जना र वडा न. … Continue reading तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थप पढ्नुहोस् »

बबईमा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष सहित ५ जनामा कोरोना संक्रमण

दाङ। पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा प्रमुख प्रशाकिय अधिकृत भिष्मकुमार मल्ल, वडा नम्बर २ का अध्यक्ष चिन्तामनी शर्मा र १ … Continue reading बबईमा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष सहित ५ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै ५३ जना संक्रमित

दाङ । दाङमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका १७, घोराहीका २७, बबईका ६, राप्तीका १, लमहीका १ र गढवाका १ जना गरि जम्मा ५३ जनामा संक्रमण देखिएको हो । पछिल्ला केही दिनमा दाङमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विभिन्न कार्यालयहरू … Continue reading दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै ५३ जना संक्रमित

थप पढ्नुहोस् »

यातायात व्यवस्था कार्यालय शुक्रबारसम्म बन्द

दाङ । तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालय शुक्रबार सम्मको लागि बन्द भएको छ । सूचना अधिकारी सरोज भण्डारीका अनुसार कार्यालयको लेखा शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गरिएको हो ।

थप पढ्नुहोस् »