स्वास्थ्य

विश्व प्राथमिक उपचार दिवसमा रेडक्रसको सचेतनामूलक कार्यक्रम

दाङ भदौ,२७ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक नायक तथा जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो । दुर्घटना, विपद् तथा आकस्मिक अवस्थामा प्राथमिक उपचारको महत्व, अपनाउनुपर्ने सावधानी र तत्काल गर्नुपर्ने उपचारका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो … Continue reading विश्व प्राथमिक उपचार दिवसमा रेडक्रसको सचेतनामूलक कार्यक्रम

थप पढ्नुहोस् »

नुवाकोटमा हैजाविरुद्दको खोप

काठमाडौ,२३ भदौ ।बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। मन्त्रालयले खोपसँगै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाएको जनाएको छ। यसअघि आइतबार रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइएको थियो। रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। … Continue reading नुवाकोटमा हैजाविरुद्दको खोप

थप पढ्नुहोस् »

विपदमा बालबालिका जोगाउन जेआरसिएनको अपिल

दाङ। २० भदौ । नेपालमा बालबालिकाका अधिकार (जेआरसिएन)ले भोटेकोसी बाढीका कारण संकटमा परेका बालबालिकाहरू जोगाउनका सरकार र समुदायलाई अपिल गरेको छ। बाढीपछि विस्थापित, परिवारबाट छुट्टिएका र बिचल्लीमा परेका बालबालिकाहरूमाथि गम्भिर जोखिम एंव आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जेआरसिएनले यस्तो अपिल गरेको हो।‘विपदको यो घडीमा सबैभन्दा संवेदनशीलता बालबालिकामाथि हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। यस्तो अवस्थामा बालबालिकामाथि विभिन्न … Continue reading विपदमा बालबालिका जोगाउन जेआरसिएनको अपिल

थप पढ्नुहोस् »

दाङमा एचआईभी संक्रमितको संख्या घट्दै

दाङ,१७ भदौ । दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या निरन्तर घट्दै गएको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नयाँ सङ्क्रमण घट्दो क्रममा रहेको देखाएको हो। कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित पहिचान भएका थिए। यो सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ३७ र २०८२/८३ मा ३१ जनामा … Continue reading दाङमा एचआईभी संक्रमितको संख्या घट्दै

थप पढ्नुहोस् »

औषधि वितरण प्रणाली सुधार गर्न १३ बुँदे प्रस्ताव पेश

दाङ,२७ साउन । औषधिको वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल औषधि थोक व्यवसायी संघले औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे प्रस्ताव पेश गरेको छ। संघका केन्द्रीय अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीसमक्ष सुझावपत्र बुझाएको हो। सुझावपत्रमा औषधिको वितरण प्रणाली, व्यवसायीको भूमिका, भुक्तानी, मार्जिन, ह्यान्डलिङ शुल्क तथा सरकारी खरिद प्रक्रियासहितका … Continue reading औषधि वितरण प्रणाली सुधार गर्न १३ बुँदे प्रस्ताव पेश

थप पढ्नुहोस् »

६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

दाङ,१२ साउन। जिल्लामा रक्तसञ्चार सेवा निरन्तर सञ्चालन हुँदै आए पनि सेवालाई प्रभावकारी बनाउन चुनौती थपिँदै गएको छ । आवश्यक पूर्वाधार, उपकरण र स्रोतसाधनको अभावले सेवा प्रभावकारी बन्न नसकेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले बताएको छ । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सेवा विस्तारको आवश्यकता औँल्याउँदै संरचना सुधारको माग समेत गरेको छ। मंगलबार ६१औँ … Continue reading ६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

थप पढ्नुहोस् »

डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

काठमाडौ,१ साउन । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्। शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले आफ्ना तीनबुँदे मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका हुन्। यसअघि … Continue reading डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

थप पढ्नुहोस् »

आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

दाङ,३० असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यकता देखिएको छ। दरबन्दी र स्रोत साधन व्यवस्थापनसम्बन्धी स्पष्ट तथा फराकिलो नीति अभावका कारण उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा समस्या देखिएको हो। यसले अस्पतालको उपचार सेवामा प्रत्यक्ष प्रभाव पारेको अस्पतालको प्रशासन शाखाले जनाएको छ। सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका निमित्त … Continue reading आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

थप पढ्नुहोस् »

६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई

​दाङ, २५ असार । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ उपकुलपतिहरू नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नयाँ नियुक्ति अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्। ​यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) … Continue reading ६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम

​दाङ, २२ असार । राप्ती प्रादेशिक अस्पतालमा बिहीबार एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्र.मे.सु.) डा. मोहम्मद नुुरुल होदाको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। ​अस्पताल परिसरलाई स्वच्छ, सफा र बिरामीमैत्री बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सरसफाइ अभियानमा अस्पतालका चिकित्सक, नर्स तथा विभिन्न प्रशसनिक कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। … Continue reading राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम

थप पढ्नुहोस् »