after_navbar

नेपालमा ३५५६ जनामा कोरोना पुष्टि , १८ जनाको ज्यान गयो


असोज २७, २०७७


काठमाडौं : नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् । आज १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस

data-href="