दाङ। दाङमा झन्डै डेढ लाख नगदसहित पाँच जुवाडेलाई पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ जनकल्याण टोल स्थित प्रवीण खत्रीको घरमा जुवा खेलिरहेको अबस्थामा एकलाख ३७ हजार ९ सय ४० नगद सहित पाँच जना पक्राउ परेका हुन।
पक्राउ पर्नेमा घोराही १५ निवासी ३० बर्षीय प्रवीण खत्री, सोही ठाउँका ३५ बर्षीय दिलबहादुर घर्ती मगर, ४० बर्षीय हेमन्त बुढाथोकी, ४९ बर्षीय भरत जीएम, २७ बर्षीय गोविन्द शाहलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस