after_navbar

दाङमा भैँसीले हानेर एक महिलाको ज्यान गयो


कार्तिक १२, २०७७


दाङ। दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ।

भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवा–७ मानपुर स्थित भैँसीले मंगलवार बेलुका यादवलाई हानेको प्रहरीले बताएको छ । उपचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="