after_navbar

दुरसंचार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


पुष २४, २०८०


दाङ,२४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छ्न ।पछिल्लो समय विभिन्न प्रकरणमा खनालले खास कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा उनले राजिनामा दिएका हुन ।
खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली ९टेरामक्स० खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०, स्मार्ट सेल खारेजी र एनसेलको शेयर खरिदरबिक्री लगायतका विषयमा प्राधिकरणले अनियमितता गरेको र दायित्व पूरा नगरेको भन्दै आलोचना भइरहेको थियो ।

टेरामक्स र एमडीएमएसको विषय संसदीय समिति र अख्तियारमा समेत पुगेको छ । यस्तो अवस्थामा दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामालाई अर्थपूर्णरूपमा हेरिएको छ । स्रोतका अनुसार मन्त्री रेखा शर्माले नै खनाललाई राजीनामा दिन निर्देशन दिँदै राजीनामा नदिए बर्खास्तीको चेतावनी दिएकि थिइन्।
तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ सालको साउन ६ गते खनाललाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आउँदो साउन ६ गतेसम्मको कार्यकाल बाँकी रहेको भए पनि उनले अहिले नै राजीनामा दिएका हुन ।

प्रतिक्रिया दिनुहोस

data-href="