after_navbar

पत्रकारिताकै कारण कलाकारिता फराकिलो बनेको छ : बरिस्ठ कलाकार  श्रेष्ठ


माघ ०, २०८०


निरला अर्याल । दाङ,९ माघ ।लोकप्रिय तथा बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले  पत्रकारिताको माध्यमबाट नेपाली कलाकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताएका छन्  । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकारिता क्षेत्र बलियो भयो भने मात्र कलाकारिता क्षेत्र बलियो हुने बताए।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा नेपाली कलाक्षेत्रको विगत र वर्तमान विषयक अन्तरकृया कार्यक्रममा बोल्दै श्रेष्ठले चलचित्रहरुले समाजमा दिने सन्देशहरू एउटा हलमा मात्र सीमित नभएर सञ्चार मध्यबाट प्रवाह हुँदा एकैपटक धेरै ठाउँमा सुचना तथा सन्देश  पुग्ने बताए । कलाकारिता क्षेत्र विगत भन्दा वर्तमानमा धेरै विकसित भएको र प्राबिधिक रुपमा पनि नया पन भित्रीयकाे बताए। अहिलेकाे सञ्चार माध्यमले कलाकार उत्पादनमा धेरै सहयोग पुगेकाे र क्षेमतावान ब्यक्ति कलाकारिता क्षेत्रमा विगन र टिक्न सक्ने भन्दै विगतबाट सिकेर वर्तमानमा अघि बढ्दा राम्रो कलाकार उत्पादन हुने बताए। 
सकारात्मक ऊर्जाको लागि आफूले कलाकारिता क्षेत्र लाई रोजे, गीत गाउदा सास नपुगे पनि साहस अझै छ बरिष्ठ कलाकार श्रेष्ठ ले भने।
साहस कै कारण याे अबस्थामा पनि मैले केही चलचित्र, म्यूजिक भिडियोमा काम गर्दै अघि बढेको बताएका हुन् ।कलाकारलाई हाइलाइट गर्न सञ्चार माध्यम र चलचित्र पत्रकारहरुकाे भुमिका अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा सर्बप्रीय कलाकार यमन श्रेष्ठ, तुलसीपुर उपमहानरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपमहानरपालिकाका प्रवक्ता माधव ओली, रिपाेर्टस कल्व दाङका अध्यक्ष शरद रेग्मी, साहित्यकार तथा पत्रकार वसन्त आचार्य चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष शिव पुन लगायतकाे उपस्थिति रहेको थियो । संघका निवर्तमान अध्यक्ष शिव पुनले स्वागत मन्तवबाट सुरुभयकाे कार्यक्रमकाे सञ्चालन सचिव निरला अर्यालले गरेकि थिइन्  ।

प्रतिक्रिया दिनुहोस

data-href="