दाङ,१४ माघ ।दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले मिनि ओलम्पिक सुरु भएको छ । विद्यालयको ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक खेल गतिविधि अन्र्तगत मिनि ओलम्पिकको आयोजना गरेको हो
एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु गरिएको हो ।
प्रमुख अतिथि पाण्डेले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताए । उनले यस्ताखाले गतिविधिले व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताए । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताए । उनले पाण्डेले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल भएको बताए ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको भन्दै यस्ताखाले कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही नगर खेलकुद विकास संयोजक नरेन्द्र पुनले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताए ।
कार्यक्रममा गुरुकुल एकेडेमीमका अध्यक्ष ई. अनन्त राज घिमिरेले पुर्ण मानवको परीकल्पना सहित विद्यालयल संचालनमा ल्याइएको बताए । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले पनि आफ्नो भनाई राखेका थिए ।
विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा सजना पौडेल र रोशन पौडेलले गरेका थिए । आगामी १८ गतेसम्म हुने मिनि ओलम्पिकमा चेस, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेट , गणित दौड ,टेक्वान्डो ,मार्च पास , ब्याडमिन्टन लगायत खेल हुने बास्केटबल प्रशिक्षक तथा कार्यक्रम ब्यबस्थापक भुगोल पुन मगरले जानकारी दिए। गुरुकुल एकेडेमीले आफ्नो ९ औँ वार्षिकोत्सव माघ २० गते मनाउने तयारी गरेको छ
प्रतिक्रिया दिनुहोस